IPL

सुपर ओभर मुम्बई माथि बेंगलोरको सनसनीपूर्ण जित 

Published

on

रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो तेश्रो खेलमा खेलमा मुम्बई इन्डियन्स माथि सुपर ओभरमा सनसनीपूर्ण जित दर्ता गराएको छ ।

सुपर ओभरमा मात्र आठ रनको लक्ष्य बेंगलोरले अन्तिम बलमा पुरा गर्दै महत्वपुर्ण दुई अंक बटुलेको छ । तेश्रो खेलमा बेंगलोरको यो दोश्रो जित हो भने समान खेलमा मुम्बईको दोश्रो हार हो ।

यस अघि जितका लागि २०२ रनको लक्ष्य लिएर ब्याटिङमा आएको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०१ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो ।

मुम्बईलाई अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा इशान किशान र काइरण पोलार्डले १८ रन प्रहार गरे पछि खेल बराबरीमा टुंगियो र सुपर ओभरमा पुग्यो ।

११ दशमलब दुई ओभरमा चार विकेट गुमाएर मात्र ७८ रन बनाएर हार तर्फ लम्केको मुम्बईको लागि इशान किशान र काइरण पोलार्डले पाँचौं विकेटका लागि ५१ बलमा ११९ रनको साझेदारी गर्दै जित तर्फ लगे । तर २० औं ओभरको पाँचौ बलमा किशान आउट भए पनि अन्तिम बलमा जितका लागि छ रन चाहिएको अवस्थामा पोलार्डले चौका प्रहार गरे ।

यस सिजन मुम्बईको लागि पहिलो खेल खेलेका किशानले चौथों नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ९९ रन बनाए । ५८ बलको सामना गरेका उनले दुई चौका र नौं छक्का प्रहार गरे । त्यस्तै अविजित रहेका पोलार्डले तुफानी पारी खेल्दै २४ बलमा तीन चौका र पाँच छक्काको मद्धतमा अविजित ६० रन बनाए ।

विशाल लक्ष्यका साथ ब्याटिङमा आएको मुम्बईले खराब सुरुवात गर्दै ओपनिङमा आएका मुम्बईका कप्तान रोहित शर्मा मात्र आठ रन तथा तेश्रो नम्बरमा आएका सुर्यकुमार यादव रनको खाता पनि खोल्न नसकी आउट भए भने विकेट किपर ब्याट्सम्यान क्विन्टन डि कक १४ रनमा तथा हार्दिक पान्ड्या १५ रन बनाएर पेभेलियन फर्किय ।

बेंगलोरका इसुरु उडाना, वाशिंगटन सुन्दर, युज्बेन्द्र चाहाल र एडम जाम्पाले समान १-१ विकेट हात पारे । सुन्दरले किफायती बलिङ गर्दै चार ओभरमा मात्र १२ रन खर्चिए भने सबैभन्दा महँगो साबित भएका जाम्पाले चार ओभरमा ५३ रन खर्चिए ।

दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा २०१ रन बनायो ।

फ़िञ्च र पडिकलले पहिलो विकेटका लागि आठ दशमलब छ ओभरमा ८१ रन जोड्दै उत्कृस्ट सुरुवात दिए । ३५ बलको सामना गर्दै सात चौका र एक छक्काको मद्धतमा ५२ रन बनाएका फ़िञ्च ट्रेन्ट बोल्टको शिकार भए । यसै सिजनबाट आईपीएलमा डेब्यु गरेका पडिकलको तेश्रो खेलमा यो दोश्रो अर्धशतक हो ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान बिराट कोहली आजको खेलमा पनि सस्तैमा पेभेलियन फर्किए । ११ बलको सामना गर्दै मात्र तीन बनाएका कोहली राहुल चाहारको बलमा आउट भए । यस सिजन कोहली लगातार तेश्रो खेलमा सस्तैमा आउट भए । कोहलीले यस अघिका खेलमा हैदराबाद विरुद्ध १४ र पन्जाब विरुद्ध एक रन बनाएर आउट भएका थिए ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका एबी डि भिलियर्सले ओपनर पडिकलले तेश्रो विकेटका लागि ६२  रन जोड्दै बेंगलोरको पारीलाई अगाडी बढाए । ४० बलन पाँच चौका र दुई छक्का प्रहार गर्दै ५४ रन बनाएर पडिकल पनि ट्रेन्ट बोल्टको नै बलमा आउट भए । डि भिलियर्सको तेश्रो खेलमा यो दोश्रो अर्धशतक हो ।

बेंगलोरको अन्तिम १७ बलमा डि भिलियर्स र सौरभ दुबेले ४७ रन जोड्दै बेंगलोरको स्कोर दुई सय कटाए । अविजित रहेका उनीहरुले क्रमश  २४ बलमा ५५ रन र १० बलमा २७ रनको तुफानी पारी खेले । डि भिलियर्सले समान ४-४ चौका र छक्का प्रहार गरे भने दुबेले एक चौका र तीन छक्का प्रहार गरे ।

मुम्बईका ट्रेन्ट बोल्टले सर्वाधिक दुई विकेट हात पारे भने राहुल चाहारले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।

Click to comment

Trending