IPL

मुम्बईलाई बेंगलोरको विशाल लक्ष्य 

Published

on

ओपनरद्वय आरोन फ़िञ्च र देवदत्त पडिकल तथा एबी डि भिलियर्सको तुफानी अर्धशतकको मद्धतमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औं खेलमा मुम्बई इन्डियन्सलाई २०२ रनको विशाल लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा २०१ रन बनायो ।

फ़िञ्च र पडिकलले पहिलो विकेटका लागि आठ दशमलब छ ओभरमा ८१ रन जोड्दै उत्कृस्ट सुरुवात दिए । ३५ बलको सामना गर्दै सात चौका र एक छक्काको मद्धतमा ५२ रन बनाएका फ़िञ्च ट्रेन्ट बोल्टको शिकार भए । यसै सिजनबाट आईपीएलमा डेब्यु गरेका पडिकलको तेश्रो खेलमा यो दोश्रो अर्धशतक हो ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान बिराट कोहली आजको खेलमा पनि सस्तैमा पेभेलियन फर्किए । ११ बलको सामना गर्दै मात्र तीन बनाएका कोहली राहुल चाहारको बलमा आउट भए । यस सिजन कोहली लगातार तेश्रो खेलमा सस्तैमा आउट भए । कोहलीले यस अघिका खेलमा हैदराबाद विरुद्ध १४ र पन्जाब विरुद्ध एक रन बनाएर आउट भएका थिए ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका एबी डि भिलियर्सले ओपनर पडिकलले तेश्रो विकेटका लागि ६२  रन जोड्दै बेंगलोरको पारीलाई अगाडी बढाए । ४० बलन पाँच चौका र दुई छक्का प्रहार गर्दै ५४ रन बनाएर पडिकल पनि ट्रेन्ट बोल्टको नै बलमा आउट भए । डि भिलियर्सको तेश्रो खेलमा यो दोश्रो अर्धशतक हो ।

बेंगलोरको अन्तिम १७ बलमा डि भिलियर्स र सौरभ दुबेले ४७ रन जोड्दै बेंगलोरको स्कोर दुई सय कटाए । अविजित रहेका उनीहरुले क्रमश  २४ बलमा ५५ रन र १० बलमा २७ रनको तुफानी पारी खेले । डि भिलियर्सले समान ४-४ चौका र छक्का प्रहार गरे भने दुबेले एक चौका र तीन छक्का प्रहार गरे ।

मुम्बईका ट्रेन्ट बोल्टले सर्वाधिक दुई विकेट हात पारे भने राहुल चाहारले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।

मुम्बईले आजको खेलमा एक परिवर्तन गरेको छ भने बेंगलोरले तीन परिवर्तन गरेको छ । मुम्बईले चोटका कारण शौरभ तिवारी खेल्न नसक्ने भएका कारण उनको स्थानमा इशान किशानलाई स्थान दिएको छ । बेंगलोरले जस ह्याजलउड, डेल स्टेन र उमेश यादवको स्थानमा गुरकीरत सिंह, एडम जाम्पा र इसुरु उडानालाई सुरुवाती ११ मा स्थान दिएको छ ।
मुम्बई र बेंगलोरले अहिले सम्म एक आपससँग २७ खेल खेलेका छन् जसमा मुम्बईले १८ खेलमा जित हात पार्दा बेंगलोरले नौं खेल मात्र खेलेका छन् । दुई टोलीले २५ खेल आईपीएलमा तथा दुई खेल च्याम्पियन्स लिग ट्वान्टी ट्वान्टीमा खेलेका थिए ।
पछिल्लो पाँच खेलको नतिजालाई हेर्ने हो भने मुम्बईसँग बेंगलोर निरिह रहेको छ । पाँच खेलमा मुम्बईले बेंगलोरलाई चार पटक पराजित गरेको थियो भने एक खेलमा मात्र बेंगलोर हाबी रहेको थियो ।
मुम्बई र बेंगलोर दुबैले हाल सम्म समान २-२ खेल खेल्दै एकमा जित निकाल्दा अर्कोमा हारको सामना गरेका छन् । पहिलो खेलमा चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले दोश्रो खेलमा कोलकाता नाइट राईडर्सलाई ४९ रनले पराजित गरेको हो । त्यस्तै पहिलो खेलमा सनराईजर्स हैदराबाद माथि १० रनको रोमान्चक जित हात पारेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हार व्यहोर्यो ।

Click to comment

Trending