IPL

मुम्बई विरुद्ध पहिले ब्याटिङ गर्दै बेंगलोर

Published

on

मुम्बई विरुद्ध पहिले ब्याटिङ गर्दै बेंगलोर

इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औं खेलमा भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा भारतीय क्रिकेट टोलीका उपकप्तान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सले टस जित्दै बेंगलोरलाई ब्याटिङको निम्तो दिएको हो ।

मुम्बईले आजको खेलमा एक परिवर्तन गरेको छ भने बेंगलोरले तीन परिवर्तन गरेको छ । मुम्बईले चोटका कारण शौरभ तिवारी खेल्न नसक्ने भएका कारण उनको स्थानमा इशान किशानलाई स्थान दिएको छ । बेंगलोरले जस ह्याजलउड, डेल स्टेन र उमेश यादवको स्थानमा गुरकीरत सिंह, एडम जाम्पा र इसुरु उडानालाई सुरुवाती ११ मा स्थान दिएको छ ।

मुम्बई र बेंगलोरले अहिले सम्म एक आपससँग २७ खेल खेलेका छन् जसमा मुम्बईले १८ खेलमा जित हात पार्दा बेंगलोरले नौं खेल मात्र खेलेका छन् । दुई टोलीले २५ खेल आईपीएलमा तथा दुई खेल च्याम्पियन्स लिग ट्वान्टी ट्वान्टीमा खेलेका थिए ।

पछिल्लो पाँच खेलको नतिजालाई हेर्ने हो भने मुम्बईसँग बेंगलोर निरिह रहेको छ । पाँच खेलमा मुम्बईले बेंगलोरलाई चार पटक पराजित गरेको थियो भने एक खेलमा मात्र बेंगलोर हाबी रहेको थियो ।

मुम्बई र बेंगलोर दुबैले हाल सम्म समान २-२ खेल खेल्दै एकमा जित निकाल्दा अर्कोमा हारको सामना गरेका छन् । पहिलो खेलमा चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले दोश्रो खेलमा कोलकाता नाइट राईडर्सलाई ४९ रनले पराजित गरेको हो । त्यस्तै पहिलो खेलमा सनराईजर्स हैदराबाद माथि १० रनको रोमान्चक जित हात पारेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हार व्यहोर्यो ।

Click to comment

Trending