IPL

आईपीएलमा आज बिराट भर्सेस रोहित

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औं खेलमा भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर र भारतीय क्रिकेट टोलीका उपकप्तान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इन्डियन्स भिड्दै छन् ।

दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

मुम्बई र बेंगलोरले अहिले सम्म एक आपससँग २७ खेल खेलेका छन् जसमा मुम्बईले १८ खेलमा जित हात पार्दा बेंगलोरले नौं खेल मात्र खेलेका छन् । दुई टोलीले २५ खेल आईपीएलमा तथा दुई खेल च्याम्पियन्स लिग ट्वान्टी ट्वान्टीमा खेलेका थिए ।

पछिल्लो पाँच खेलको नतिजालाई हेर्ने हो भने मुम्बईसँग बेंगलोर निरिह रहेको छ । पाँच खेलमा मुम्बईले बेंगलोरलाई चार पटक पराजित गरेको थियो भने एक खेलमा मात्र बेंगलोर हाबी रहेको थियो ।

मुम्बई र बेंगलोर दुबैले हाल सम्म समान २-२ खेल खेल्दै एकमा जित निकाल्दा अर्कोमा हारको सामना गरेका छन् । पहिलो खेलमा चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले दोश्रो खेलमा कोलकाता नाइट राईडर्सलाई ४९ रनले पराजित गरेको हो । त्यस्तै पहिलो खेलमा सनराईजर्स हैदराबाद माथि १० रनको रोमान्चक जित हात पारेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हार व्यहोर्यो ।

Click to comment

Trending