Headline

एनबिए उपाधिको लागि लेकर्स र हिटको टक्कर

Published

on

ठ्याक्कै एक बर्ष अगाडी जिमी बट्लर मायामी हिटको जिममा पुगे, त्यहा बनाइएको अस्थायी स्टेजको सिटमा बसे र भनेः म यो टिमको उपाधि यात्राको एक हिस्सा बन्न चाहन्छु ।

एक बर्षपछि त्यो मौका पाए ।

हिट यो सिजन इस्टर्न कन्फेरेन्स जित्दै एनबिए फाइनल्समा पुग्यो । हिटले सबैलाई अचम्म पारेको होला तर आफैलाई भने होइन । बाम एडिबायोले आफ्नो सिजनको सर्वाधिक ३२ पोइन्ट स्कोर गर्दै १४ रिबाउण्ड लिए भने बट्लरले २२ अंकको योगदान गर्दा हिटले इस्टर्नन कन्फेरेन्सको गेम सिक्समा बोस्टन सेल्टिक्सलाई १२५–११३ ले हरायो ।

सात खेलको सिरिज हिटले ४–२ ले आफ्नो पक्षमा पार्यो । यो सिरिज गेम सेभेनसम्म तन्किएन । फाइनल्समा अब हिटले लेब्रन जेम्सको लस एन्जलस लेकर्सको सामना गर्नेछ । गेम वान बुधबार राति हुनेछ ।

सिजन भर उत्कृष्ट प्रदर्शन गरेका टाइलर हेरोले पनि हिटका लागि १९ अंकको योगदान दिए भने डन्कन रोबिन्सन र आन्द्रे इगेडालाले समान १५ अंक बटुले । गोराना ड्राजिचले १३ पोइन्ट स्कोर गरे । हामी फाइनल्सको हकदा थियौं, ड्राजिचले भने ।

सेल्टिक्सका लागि जेलन ब्राउनले २६ अंक स्कोर गरेका थिए भने जेसन टाटमले २४ अंकका साथै ११ असिस्ट पनि गरे । तर सेल्टिक्स अन्तिम क्वार्टरमा चुक्न पुगेको थियो । सेल्टिक्सले अन्तिम क्वार्टरको शुरुवातमा ६ अंकको अग्रता बनाएको थियो । हेरोले त्यसपछि ६ मध्ये पाँच पोइन्ट लिदा खेल ९६–९६ को बराबरीमा आयो ।

सेल्टिक्सले त्यसपछि पनि अग्रता बनायो तर एडिबायोले दुवै पटक बराबरी गरे । दोश्रो पटक एडिबायोले खुशीयाली नै बनाए । हिटले खेलमा पकड जमाइसकेको सोचेको थियो र त्यसपछि कुनै पनि समय पछि परेन ।

लगातार स्कोर गर्दै १० अंकको अग्रता लिएपछि बट्लरको अर्को ले अप ले हिट ११६–१०२ ले अघि बढ्यो । हिटको बेञ्च खेल जितिसकेकोमा ढुक्क थियो । त्यसपछि खेलमा औपचारिकता मात्र बाकी रह्यो ।

Click to comment

Trending