IPL

राजस्थानको पन्जाब माथि रोमान्चक जित 

Published

on

हारको नजिक पुगेको राजस्थान रोयल्सका लागि अन्तिम दुई ओभरमा राहुल टेवाटियाले छ छक्का र जोफ्रा आर्चरले दुई छक्का प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो किंग्स ११ पन्जाब माथि चार विकेटको रोमान्चक जित दर्ता गराएको छ ।

राजस्थानको दोश्रो खेलमा लगातार दोश्रो जित हो भने तेश्रो खेलमा पन्जाबको यो दोश्रो हार हो ।

२२४ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले १९ दशमलब तीन ओभर खेल्दै छ विकेटको नोक्सानीमा जित आत्मसाथ गरेको हो ।

राजस्थानले खराब सुरुवात गर्दै ओपनर जस बटलर (सात बलमा चार रन) लाई सस्तैमा गुमाए पनि कप्तान स्टिभ स्मिथ र सन्जु सामसनले दोश्रो विकेटका लागि ४० बलमा ८१ रन जोड्दै आफ्नो टोलीको पारी सम्हाल्ने प्रयास गरे । तर मात्र २७ बलमा सात चौका र दुई छक्का प्रहार गरेका कप्तान स्मिथ ५० रन बनाएर आउट भए ।

स्मिथ आउट भए पनि सामसनले राजस्थानको पारी अगाडी बढाए । चौथों नम्बरमा ब्याटिङ गर्न आएका राहुल टेवाटियाले सुस्त खेले पनि अर्को छोडबाट सामसनले पन्जाबका बलरहरु माथि निरन्तर आक्रमण जारी राखे । ४२ बलमा चार चौका र सात छक्काको मद्धतमा ८५ रन बनाएका सामसन १६ दशमलब एक ओभरमा मोहम्मद शामीको शिकार भए ।

सामसनको विकेटको पतन पछि हार तर्फ मोडिएको राजस्थानलाई जित तर्फ लग्ने क्रममा आक्रमक देखिएका टेवाटियाले शेल्डन कोट्रेलको एकै ओभरमा पाँच छक्का प्रहार गरे । १८औं ओभर लिएर आएका कोट्रेलको पाँचौं बलमा बाहेक सबै बलमा टेवाटियाले छक्का प्रहार गरेका हुन् । त्यस पछिको ओभरमा जोफ्रा आर्चरले दुई छक्का र टेवाटियाले एक छक्का प्रहार गरे पछि राजस्थानको जित निश्चित भएको हो । ३१ बलमा सात छक्का सहित ५३ रन बनाएका टेवाटिया मोहम्मद शामीको शिकार भए पनि जोफ्रा आर्चर १३ रनमा अविजित रहे ।

पन्जाबको तर्फबाट महँगो साबित भएका शामीले सर्वाधिक तीन विकेट लिए भने अन्य बलरहरु पनि महँगो साबित हुँदा पन्जाबले ठुलो लक्ष्य दिए पनि त्यसलाई रोक्न भने सकेन ।

यस अघि शारजाह अन्तरास्ट्रिय रंगशालामा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै २२३ रनको विशाल योगफल बनायो ।

पन्जाबको तर्फबाट ओपनरद्वय मायंक अगरवालले शतक र केएल राहुलले अर्धशतकीय पारी खेल । पहिलो विकेटका लागि उनीहरुले १६ दशमलब तीन ओभरमा १८३ रन जोडे । अगरवालले ३० बलको सामना गर्दै १० चौका र सात छक्काको मद्धत सर्वाधिक १०६ रन बनाए भने राहुलले पनि ५४ बलमा ६९ रनको पारी खेले । अगरवालको आईपीएलमा यो पहिलो शतक हो ।

अगरवाल र राहुल बाहेक पन्जाबको लागि अविजित रहेका निकोलस पुरण र ग्लेन म्याक्सवेलले क्रमश आठ बलमा २५ रन तथा ९ बलमा १३ रनको योगदान दिए ।

राजस्थानका अंकित राजपुत र टम कुर्रानले समान १-१ विकेट हात पारे ।

Click to comment

Trending