Headline

सबै उपाधि जित्ने लक्ष्य राखेको सिटीलाई भार्डीको ह्याट्रिक

Published

on

जेमी भार्डीको ह्याट्रिक र जेम्स म्याडीसन र योरी टेलेसमान्सको एक गोलको मद्धतमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५-२ गोलले हराएको छ ।

सिटीले आफ्नो घर इतिहाद स्टेडियममा पछिल्लो १० खेलमा अपराजित रहेको थियो । आजको लजास्पद हारसँगै सिटीको यो कृतिमान टोडिएको छ ।

सिटीलाई ५-२ ले हराएसङै लेस्टरले २०१५-२०१६ पछि इतिहादमा आफ्नो पहिलो खेल जितेको छ ।

सिटीले खेलमा पहिलो गोल गरेको थियो । सिटीका लागि रिहाद महारेजले चौथोँ मिनेटमै गोल गरेका थिए । १-० गोलले पछि परेको सिटीका लागि ३७ औँ मिनेटमा भार्डीले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफमा १-१ को बराबरीमा सकिएको थियो ।

एक गोलको अग्रतालाई उल्टाउने क्रममा भार्डीले दुई पेनाल्टीको मद्धतमा आफ्नो ह्याट्रिक पुरा गरेका थिए । उनले आफ्नो व्यक्तिगत दोस्रो गोल ५४ औँ र तेस्रो गोल त्यस्को तीन मिनेट नबित्दै ५८ औँ मिनेटमा पेनाल्टी मार्फत गरेका थिए ।

लेस्टरका लागि चौथोँ गोल जेमी म्याडिसनले गरेका थिए । उनले डिबक्स भन्दा बहिर प्रहार गरेको बललाई ७७ औँ मिनेटमा जाली चुमाउन सफल भएका थिए । ८४ औँ मिनेटमा भने सिटीले एक गोल फर्काएको थियो । सिटीका लागि नयाँ खेलाडी नेथन अकेले हेडिङ मार्फत कर्नरबाट आएको बललाई गोल गराएका थिए । तर त्यस्को चार मिनेट नबित्दै लेस्टरले पेनाल्टी पाएको थियो । लेस्टरका लागि ८८ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै योरी टेलेसमान्सले गोल गर्दै लेस्टरलाई ५-२ को बिशाल जित दिलाएका थिए ।

पेप गोवर्डियोलाले व्यवस्थापन गरे देखी सिटीले पाँच गोल खाएको यो पहिलो पटक हो ।

 

Click to comment

Trending