Headline

एट्लेटिकोको लागि पहिलो खेलमै सुवारेजको दुई गोल

Published

on

लुइस सुवारेजले पहिलो खेलमै दुई गोल गर्दै एक असिस्ट पनि गरेको दिन एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा ग्रानडालाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा साउल निगेज पेनाल्टीमा गोल गर्न चुकेपछि ग्रानडाको गोल अन्तर केही कम हुन पुगेको थियो ।एट्लेटिकोले नवौं मिनेटमै डिएगो कोस्टाको गोलबाट अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि निगेज पेनाल्टीमा चुकेका थिए ।

पहिलो हाफमा १–० को मात्र अग्रता बनाएको एट्लेटिकोले दोश्रो हाफमा भने गोलको बर्षात नै गरेको थियो । एन्जेल कोरिआले दोश्रो हाफ शुरु भएको दुई मिनेटपछि नै दोश्रो गोल गरेका थिए । ६० औं मिनेटमा प्रशिक्षक डिएगो सिमिओनेले कोस्टाको स्थानमा सुवारेजलाई मेदान प्रवेश गराएका थिए ।

सुवारेजको आगमनसँगै एट्लेटिकोले खेलमा थप पकड जमाएको थियो । दोश्रो गोलमा जाओ फेलिक्सले कोरिआलाई गोलको अवसर मिलाएका थिए भने ६५ औं मिनेटमा भुमिका मात्र परिवर्तन भएपछि एट्लेटिकोले तीन गोलको अग्रता लियो ।

मार्कोस लोरिएन्टेले ७२ औं मिनेटमा चौथो गोल गर्दा सुवारेजले नै असिस्ट दिएका थिए । ८५ औं मिनेटमा सुवारेजले एट्लेटिकोका लागि पहिलो गोल गरे । ८७ औं मिनेटमा होर्गे मोलिनाले ग्रानडाका लागि सान्त्वना गोल गरेका थिए ।

अतिरिक्त समयको तेश्रो मिनेटमा सुवारेजले दोश्रो गोल गर्दै एट्लेटिकोको गोल संख्या आधा दर्जन पुर्याएका थिए ।

Click to comment

Trending