Headline

बलियो बायर्न म्युनिखको होफेन्हाइमसँग लज्जास्पद हार

Published

on

च्याम्पियन्स लिग तथा जर्मन बुन्डेसलिगा बिजेता बायर्न म्युनिखले सिजनको आफ्नो दोश्रो लिग खेलमा होफेन्हाइमसँग ४–१ को लज्जास्पद पराजय बेहोरेको छ ।

लगातार नवौं लिग उपाधि जित्ने दाउमा रहेको बायर्नलाई अवे खेलमा नराम्रो झड्का लागेको हो । शनिबार बायर्नको लागि उपाधिको प्रमुख प्रतिद्वन्दी बोरुसिया डर्टमण्ड पनि अस्बर्गसँग पराजित हुन पुगेको थियो ।

आइतबारको खेलमा बायर्न आधा घण्टामै दुई गोलले पछि परेको थियो । होफेन्हाइमका लागि एर्मिम बिकाक्चिचले १६ औं मिनेटमा गोल गरे भने मुनास डाबुरले आठ मिनेटपछि अर्को गोल थपेका थिए । जोसुवा किमिचले ३६ औं मिनेटमा बायर्नका लागि दुरी घटाएका थिए ।

तर आन्द्रेज क्रामरिचले दुई गोल गरेपछि बायर्न स्तब्ध हुन पुगेको थियो । क्रामरिचले ७७ औं मिनेट र ९० औं मिनेटमा गोल गरेका थिए । दुई खेलमा दुई जितपछि होफेन्हाइम अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

Click to comment

Trending