Headline

टोटनह्याम न्युकासलसँग बराबरीमा रोकियो

Published

on

कालुम विलसनले ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा पाएको पेनाल्टीमा गोल गरे पछि टोटनह्याम १-१ गोलको बराबरीमा रोकिएको छ ।

पहिलो खेलमा एवर्टनसँग पराजित भए पनि दोस्रो खेलमा भने साउथह्याम्प्टनलाई ५-२ ले हराएको टोटनह्यामले आज तेस्रो खेलमा न्युकासलसँग बराबरीमा रोकिएको हो ।

खेलमा पहिलो हाफको २५ औँ मिनेटमा कप्तान ह्यारी केनले दिएको पासलाई सदुपयोग गर्दै लुकास मोउराले पहिलो गोल गरेका थिए । टोटनह्यामका लागि पहिलो हाफमा धेरै पटक पोस्ट बाधक बन्न पुगेको थियो । ३४ औँ मिनेटमा टोटनह्यामका लागि ह्युङ मिन सनले गरेको प्राहर पोस्टमा लाग्न पुगेको थियो ।

दोस्रो हाफमा पनि टोटनह्यामले पाएको मौकालाई सदुपयोग गर्न सकेन । न्युकासलले भने ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा पाएको पेनाल्टीमा
गोल गर्दै खेल १-१ को बाराबरीमा ल्याएको थियो । दोस्रो हाफमा अर्को गोल गर्न नसकेको टोटनह्यामका लागि पहिलो हाफमा मोउराले गरेको गोल पर्याप्त हुन सकेन ।

यस भन्दा अघी न्युकासल ब्राइटनसँग ३-० ले पराजित भएको थियो ।

आज नै हुने अर्को खेलमा म्यानचेस्टर सिटी र लेस्टर,वेष्ट ह्याम र वुल्भ्स भिड्दै छन् ।

 

Click to comment

Trending