Headline

बामफोर्डको निर्णायक गोलमा लिड्सको दोस्रो जित

Published

on

१९९४ पछिको पहिलो योक्सायर डर्बीमा लिड्सले सेफिल्ड युनाइटेडलाई १-० ले हराएको छ ।

लिड्सका लागि प्याट्रिक बामफोर्डले निर्णयक गोल गरेका थिए । पहिलो हाफमा दुवै टोलीले गोल गोल चुकेका थिए ।

दोस्रो हाफमा भने आक्रमक खेल खेलेको लिड्सले ८८ औँ मिनेटमा भने प्याट्रिक बामफोर्डको हेडिङ गोलमा अग्रता लिएको थियो ।

लिड्सको यो लगातार दोस्रो जित हो भने सेफिल्डको यो लगातर तेस्रो हार हो । यस अघि वुल्भ्स र एस्टन भिल्लासँग पराजित हुन पुगेको सेफिल्डको अंक तालिकामा सुन्य अंक रहेको छ ।

आज नै हुने अन्य खेलहरुमा टोटनह्यामले न्युकासल युनाइटेड,म्यानचेस्टर सिटीले लेस्टर सिटी र वेष्ट ह्यामले वुल्भ्सको समाना गर्ने छ ।

Click to comment

Trending