राष्ट्रिय

क्यानको निर्णय प्रति सिप्यानको असन्तुष्टि

Published

on

नेपाल क्रिकेट संघ (क्यान) को चितवनमा बसेको बैठकमा गरिएको केहि निर्णयहरुमा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले असन्तुष्टि व्यक्त गरेको छ । सिप्यानले आज असन्तुस्टी ब्यक्त गर्दै क्यान र रास्ट्रिय खेलकुद परिषदलाई ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष डा. मनिष राज पाण्डे हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ हालै सार्वजनिक भएका केही निर्णयहरूमा सिप्यानको ध्यानाकर्षण भएको छ । लामो समयदेखि अवरुद्ध नेपाली क्रिकेटको व्यवस्थापनसाग सम्बन्धित गतिविधिलाई गति प्रदान गर्ने लक्ष्यका साथ गरिएका निर्णयहरूले केही सुधारात्मक र सकारात्मक सन्देश दिएको छ । जुन स्वागतयोग्य पनि छ ।’

‘तर ती निर्णयहरू मध्ये क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने तल उल्लेखित केही निर्णयहरूमा भने क्रिकेट खेलाडीहहरूबाट प्राप्त अनुरोधका आधारमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महशूस भएको हुँदा यसमा उचित सम्बोधनका लागि परिषदबाट आवश्यक पहल गरिदिनु हुन ध्यानाकर्षण सहित अनुरोध गर्न चाहन्छु । ‘

सिप्यानले असन्तुस्ट पोख्दै तीन विषय उठाएको छ । जुन यस प्रकार रहेका छन् ।

१. निर्णयमा उल्लेख भए अनुसार सन् २०२० का लागि पुरुष र महिला क्रिकेट खेलाडीलाई
गरिएको वर्गीकरणको आधारमा थप प्रष्टता आवश्यक देखिन्छ । वर्गीकरण जस्तो
महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गरिनु
क्रिकेट विकासका लागि जरुरी छ । यसलाई तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक,
वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता देखिएको छ ।

२. विश्वव्यापी स्थापीत मूल्य र मान्यतालाई आधार मान्दै नेपाली क्रिकेटलाई व्यावसायिक
उन्मुख र प्रतिफलमूखी बनाइराख्न क्रिकेट खेलाडीको आयस्रोतलाई व्यवस्थित बनाइनु
पर्ने र खेलाडीको मनोबल उच्च बनाई राख्नु पर्ने अति आवश्यक हुन्छ । यसका लागि
न्यायसंगत ढङ्गले समयसापेक्ष कुनै पनि किसिमको विभेदको अनुभूति हुने वातावरणलाई
निरुत्साहित गर्दै जानुपर्छ भन्नेमा हामी दृढ हुनैपर्छ ।

३. पुरुष र महिला क्रिकेट खेलाडीको जीवन बीमा/दुर्घटना बीमा गर्नका लागि त्यस संघबाट
आवश्यक पहल गरिनेकुरा सह्राहनीय छ तर यसका लागि समावेश गरिने खेलाडीको
दायरालाई फराकिलो बनाइनु पर्ने हुन्छ । यस कार्यको यथासक्य चााडो कार्यान्वयनको
अपेक्षा लिएको छु ।

Click to comment

Trending