IPL

दोश्रो जितको खोजीमा पन्जाब र राजस्थान भिड्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौं खेलमा आज राजस्थान रोयल्स र किंग्स ११ पन्जाब भिड्दै छन् । शारजाह अन्तरास्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

राजस्थानले आफ्नो दोश्रो खेल खेल्न लागेको हो भने पन्जाबले यस अघि दुई खेल खेलिसकेको छ । राजस्थानले आफुले खेलेको एक मात्र खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो। पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

आईपीएलमा राजस्थान र पन्जाब १९ पटक एक आपसमा भिडेका छन् । जसमध्य राजस्थानले १० खेल जित्दा पन्जाबले नौं खेलमा मात्र जित हात पारेको छ । नौं मध्य एक खेल पन्जाबले सुपर ओभरमा राजस्थानलाई पराजित गरेको थियो ।

पछिल्लो पाँच खेलको नतिजालाई आधार मान्ने हो भने राजस्थान भन्दा पन्जाब नै बलियो देखिन्छ । पाँच खेल मध्य पन्जाबले चार खेल आफ्नो पक्ष्यमा पारेको छ भने एक खेलमा राजस्थान हाबी रहेको छ ।

Click to comment

Trending