Headline

प्रिमियर लिगमा आजः टोटेनह्याम र न्युकासल भिड्दै, सिटी आफ्नो दोस्रो खेल खेल्दै

Published

on

इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा टोटेनह्याम हट्स्पर र न्युकासल युनाइटेड भिड्दै छन् ।

पछिल्लो खेलमा साउथह्याम्प्टनलाई ५–२ ले हराउदै आफ्नो पहिलो तीन अंक बटुलेको टोटेनह्याम आइतबार न्युकासलसँग आफ्नै घरमा खेल्न लागेको हो । न्युकासल भने अघिल्लो खेलमा ब्राइटनसँग ३–० ले पराजित हुन पुगेको थियो ।

टोटेनह्यामका लागि उसको कप्तान ह्यारी केन र मिडफिल्डर सन ह्युङ–मिनको लयले धेरै फरक पार्ने देखिन्छ । साउथह्याम्प्टनबिरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका यि दुई खेलाडी टोटेनह्यामका मुख्य हतियार हुन् ।

पछिल्ला ६ खेलमा टोटेनह्याम न्युकसालसँग एकमा मात्र पराजित भएको छ । राम्रो लय कायम राख्न टोटेनह्यामलाई यो खेल जित्नै पर्ने दवाव हुने छ । पहिलो खेलमा एभर्टनसँग पराजित भए पछि टोटेनह्यामको नराम्रो अलोचना भएको भएको थियो ।

यो खेल नेपाली समय अनुसार ६ः४५ मा सुरु हुने छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीको समाना गर्दै छ । युरोपियन प्रतियोगितामा सहभागितापछि सिटीको यो प्रिमियर लिगमा दोस्रो खेल हो । पहिलो खेलमा वुल्भ्सलाई ३–१ ले हराएको सिटीका लागि लेस्टर कमजोर प्रतिद्वन्दी भने हुने छैन ।

लेस्टरले आफ्नो गएको दुई खेलमा दुवैमा जित हात पारेको छ । सिटीले भने लेस्टरविरुद्ध खेलेका पछिल्ला सात खेलमा ६ मा जित हात पारेको छ । २०१५–१६ को जादुमयी सिजनदेखी लेस्टरले सिटीलाई हराउन सकेको छैन । सिटी घरेलु मैदान इतिहाद स्टेडियममा पछिल्लो १० खेलमा अपराजित रहेको छ ।

२०१९–२० को सिजनमा धेरै खर्च गरे पनि लिग कपको उपाधि मात्र जित्न सकेको सिटीले यो पटक भने उपाधि जित्न कुनै कसर नराख्ने मिडफिल्डर केभिन डि ब्रुनले बताइसकेका छन् ।

खेल नेपाली समय अनुसार राती ९ः१५ मा सुरु हुने छ ।

दिनको पहिलो खेलमा भने लिड्स युनाइटेड र सेफिल्ड युनाइटेड आमने–सामने हुनेछन् । खेल नेपाली समय अनुसार साँझ ४ः४५ मा सुरु हुने छ । अर्को खेल ११ः४५ मा वुल्भ्स र वेष्ट ह्यामबिच हुने छ ।

Click to comment

Trending