Headline

सुवारेजले एट्लेटिकोलाई नयाँ उचाइ दिने प्रशिक्षक सिमिओनेको बिश्वास

Published

on

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनेले आफ्नो क्लबले बार्सिलोनाबाट भित्र्याएका फर्वार्ड लुइस सुवारेजले एट्लेटिकोलाई छुट्टै उचाइमा पुर्याउने बिश्वास लिएका छन् ।

उरुग्वेयन फर्वार्ड सुवारेजलाई बार्सिलोनाले क्लबबाट बिदा हुन आग्रह गरे पछि उनी फ्रि ट्रान्स्फरमा एट्लेटिको म्याड्रिड पुगेका हुन् । ३३ वर्षिय सुवारेजलाई एट्लेटिकोले भने ५ मिलियन युरोको सानो रकममा क्लबमा अनुबन्धन गरेको हो ।

“उनको आगमन हामीलाई राम्रो क्लबको रूपमा अगाडी बढ्न र एउटा टोलीको रूपमा नयाँ उर्जा प्राप्त गर्ने अवसर हो,” सिमिओनेले भने ।

“६ वर्ष अघि हामीले उनलाई बार्सिलोना जानु पहिलो पनि एट्लेटिको आउन सल्लाह दिएका थियौ । त्यो समयमा उनी हामीसँग नभए पनि अहिले भने छन् र पछिल्ला ६ वर्ष उनी अविश्वसनीय रूपमा सफल भएका छन् । उनको गोल र खेलले सकेसम्म बढी खेल जित्नका लागि हाम्रा टोलीका खेलाडीहरु उनलाई जति सक्दो चाँडो टोलीमा सामेल गराउन चाहन्छन् ।”

सिमिओनेले सुवारेजले ग्रानडासँगको खेलको लागि अभ्यास गरेको र आईतबार वान्डा मेट्रोपोलिटानोमा हुने खेलमा एट्लेटिको म्याड्रिडका लागि डेब्यु गर्न सक्ने पनि बताए ।

“उनले टोलीसँग प्रशिक्षण गरिरहेका छन् भने उनी धेरै उत्साहित देखिन्छन् तर नयाँ खेलाडी भएका कारण पहिलो खेलमै उनी सुरुवातबाटै खेल्ने छन् वा हाफ टाइम पछि आउने छन्, त्यसको निर्णय भएको छैन,” सिमिओनेले भने ।

अल्भारो मोराटालाई युभेन्टसमा लोनमा पठाए पछि एट्लेटिकोले सुवारेजलाई उनको स्थानमा क्लबमा भित्र्याएको हो ।

Click to comment

Trending