Headline

जेम्सको ट्रिपल डबलसँगै लेकर्स १० बर्षपछि एनबिए फाइनल्समा

Published

on

लेब्रोन जेम्सको ट्रिपल डबलसँगै लस एन्जलस लेकर्स १० बर्षमा पहिलो पटक एनबिए फाइनल्समा प्रवेश गरेको छ । लेकर्सले वेस्टर्न कन्फेरेन्सको फाइनलको गेम फाइभमा डेन्भर नगेट्सलाई ११७–१०७ ले हराउदै ४–१ को जित निकालयो ।

२०१० मा कोबि ब्रायन्ट, रोन आर्टेस्ट र स्यानन ब्राउनले उत्कृष्ट प्रदर्शन गरेपछि लेकर्सले पछिल्लो पटक उपाधि जितेको थियो । त्यसयता भने लेकर्सलाई कन्फेरेन्स फाइनल्स पुग्न समेत १० बर्ष कुर्नु परेको थियो । फ्रान्चाइज लेजेण्ड ब्रायन्टको हेलिकप्टर दुर्घटन्मा मृत्यु भएकै बर्ष जेम्सले लेकर्सलाई उपाधिको नजिक पुर्याएका छन् ।

मायामी हिटका लागि दुई पटक र क्लेभल्याण्ड क्याभेरिर्सका लागि एक पटक एनबिए च्याम्पियनसिप जितिसकेका जेम्स आफ्नो करिअरको १० औं फाइनल खेल्न गइरहेका छन् । गेम फाइभमा उनले आफ्नो करिअरको २७ औं ट्रिपल डबल पुरा गर्ने क्रममा ३८ पोइन्ट गरेका थिए भने १६ रिबाउण्ड लिदै १० असिस्ट दिएका थिए ।

फाइनलमा लेकर्सले बोस्ट सेल्टिक्स र मायामी हिटबीच इन्टर्न कन्फेरेन्सको फाइनल्स बिजेतासँग खेल्नेछ । हिट इन्टर्न कन्फेरेन्समा ३–२ ले अघि रहेको छ ।

आइतबारको खेलमा जेम्सका अल स्टार टिममेट एन्थोनी डेभिसले पनि २७ अंकको योगदान दिएका थिए । लेकर्सले एनबिए इतिहासमा ३२ औं फाइनल खेल्न गइरहेको हो ।
कन्फेरेन्स फाइनल प्रवेश गर्ने क्रममा दुई पटक ३–१ को स्थितिलाई उल्टाएको नगेट्सले फाइनलमा अर्को पुनरागमन गर्न भने सकेन । उसका लागि निकोला जोकिच र जेरेमी ग्राण्टले समान २० पोइन्ट स्कोर गरेका थिए ।

यो सिजन उत्कृष्ट प्रदर्शन गरेका जमाल मुरे १९ अंक मै सिमित रहेका थिए ।

Click to comment

Trending