Headline

वेष्ट ब्रोमसँग रोमान्चक बाराबरीमा रोकियो चेल्सी

Published

on

प्रिमियर लिगमा नव प्रवेशी वेष्ट ब्रोमसँग चेल्सी ३-३ गोलको रोमान्चक बाराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा चेल्सीले वेष्ट ब्रोमसँग संघर्षपूर्ण बाराबरी निकाल्न सफल भएको हो । पहिलो हाफमा ३-० ले पछि परेको चेल्सीले दोस्रो हाफमा तीन गोल गर्दै खेल बाराबरीमा ल्याएको थियो ।

वेष्ट ब्रोमका लागि कालुम रोबर्ट्सनले दुई र काइल बर्ट्लीले एक गोल गरेका थिए भने चेल्सीका लागि मेसन माउन्ट,कालुम हड्सन ओडोइ र ट्यामी अब्राहमले गोल गरेका थिए ।

खेलको चौँथो मिनेटमा नै चेल्सीले गोल खान पुगेको थियो । डिफेन्डर मार्कोस अलोन्सोको गल्तीको फाईदा उथाउदै वेष्ट ब्रोमका लागि पहिलो गोल कालुन रोबर्ट्सनले गरेका थिए । चेल्सीले दोस्रो गोल २५ औँ मिनेटमा खान पुगेको थियो । फेरी अर्को डिफेन्डर थियागो सिल्वाको गल्तीको फाईदा उठाउदै रोबर्ट्सनले नै गोल गरेका थिए । त्यस्को दुई मिनेट पनि बित्न नपाउदै २७ औँ मिनेटमा वेष्ट ब्रोमले तेस्रो गोल गरेको थियो । वेष्ट ब्रोमका लागि काइल बार्ट्लीले गोल गरेका थिए ।

दोस्रो हाफमा भने चेल्सीले पहिलो गोल फर्काएको थियो । ५५ औँ मिनेटमा मेसन  माउन्टको लामो दुरीको प्रहारले जाली चुम्न सफल भएको थियो । चेल्सीका लागि दोस्रो गोल हड्सन ओडोइले गरेका थिए । उनले ७० औँ मिनेटमा काइ ह्वाभर्ट्जको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरेका थिए ।
चेल्सीका लागि तेस्रो तथा बाराबरी गोल ट्यामी अब्राहमले ९० मिनेट पछि थपिएको इन्जुरी समयमा गरेका थिए ।

वेष्ट ब्रोमसँग संघर्षपूर्ण बाराबरी निकालेको चेल्सीले तीन खेलमा एकमा जित एकमा हार र एकमा बाराबरी खेलेको छ । वेष्ट ब्रोमले भने दुई खेलमा हार र एक खेलमा बाराबरी खेलेको छ ।

यस्तै हिजोनै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३-२,एवर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएका थिए ।

Click to comment

Trending