Headline

एभर्टनको प्रिमियर लिगमा लगातार तेश्रो जित

Published

on

एभर्टनले इङ्गलिस प्रिमियर लिगमा आफ्नो शान्दार प्रदर्शनलाई कायमै राख्दै लगातार तेश्रो जित हात पारेको छ । बिवादास्पद पेनाल्टीमा गोल गरेपछि एभर्टनले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गर्यो ।

डिफेन्सिभ ह्याण्ड बलमा प्रिमियर लिगले अनुशरण गरेको नयाँ व्याख्याको शिकार बन्ने क्रममा लुकास डिनेको हेडर प्यालेस डिफेण्डर जोल वार्डको हातमा लाग्न पुगेको थियो । उनको हातले जिउ ठूलो बनाएको भन्दै पेनाल्टी दिइएपछि ४० औं मिनेटमा रिचार्लिसनले गोलमा परिणत गरेका थिए ।

खेलको १० औं मिनेटमै डोमिनिक क्याल्भर्ट–लेविनले एभर्टनलाई अग्रता दिलाएका थिए । क्याल्भर्ट–लेविनले जेम्स रोद्रिगेज र सिमस कोलम्यान संलग्न रहेको शान्दार टिम मुभपछि आएको पासमा गोल गरेका थिए । २६ औं मिनेटमा आन्द्रोस टाउनसेन्डको कर्नरमा हेडर मार्फत गोल गर्दै चेखु कुयाटेले प्यालेसका लागि बराबरी गोल गरेका थिए ।

एभर्टनले यसअघि आफ्नो पहिलो दुई घरेलु मैदानमा भएको खेलमा टोटेन्ह्याम हट्स्पर र वेष्ट ब्रोमविच आल्बियनलाई हराएको थियो । साउथ्याम्प्टन र म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाएको प्यालेसले भने पहिलो पराजय भोगेको हो ।

Click to comment

Trending