IPL

सुभम गिलको उत्कृस्ट पारीमा कोलकाताको पहिलो जित

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा कोलकाता नाइट राईडर्सले सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । दोश्रो खेलमा कोलकाताको यो पहिलो जित हो भने दुई खेल नै खेलेको हैदराबादको लगातार दोश्रो हार हो ।

खराब सुरुवातका बाबजुद कोलकाताले १४३ रनको लक्ष्य १८ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

कोलकाताका ओपनर शुन्य रनमा आउट भए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका नितिस रानाले १३ बलमा २६ रनको तुफानी पारी खेले । राना टि नाटराजनको बलमा आउट भए भने त्यस पछि ब्याटिङ गर्न आएका कप्तान दिनेश कार्तिक पनि रनको खाता पनि खोल्न नपाई रशिद खानको बलमा एलबीडब्लुको शिकार भए ।

एक छोडबाट लगातार रुपमा कोलकाताले विकेट गुमाए पनि अर्को छोडबाट ओपनर सुभम गिलले उत्कृस्ट ब्याटिङ गर्दै कोलकाताको जित सुनिश्चित गरे । ६२ बलको सामना गरेका गिलले अविजित रहँदै ७० रन बनाए । त्यस्तै ओईन मोर्गनले पनि २९ बलमा ४२ रनको पारी खेले । उनीहरुले चौथों विकेटका लागि अविजित ९२ रनको साझेदारी गरे ।

यस अघि शेख जायद रंगशाला, अबुधबीमा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४२ रनको सानो योगफल बनाउन सक्यो ।

हैदराबादको तर्फबाट मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ३८ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे ।

हैदराबादले आजको खेलमा पनि राम्रो सुरुवात गर्न सकेन । ओपनर जोनी बेरस्टोव पाँच रनमा आउट भए भने अर्का ओपनर डेभिड वार्नर पनि ३० बलमा ३६ रन बनाएर आउट भए । रिद्दीमन शाहा पनि ३१ बलमा ३० रन बनाएर रन आउट भए भने मोहम्मद नाबी ११ रनमा अविजित रहे ।

आफ्नो पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित भएको थियो भने कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनको फराकिलो हारको सामना गर्न पुगेको थियो ।

Click to comment

Trending