IPL

टस जितेर हैदराबाद पहिले ब्याटिङ गर्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा कोलकाता नाइट राईडर्स  विरुद्ध सनराईजर्स हैदराबाद पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशाला, अबुधबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

कोलकाता र हैदराबाद बीचको खेल लाइभ हेर्न यहाँ क्लिक गर्नु होला

आजको खेलमा हैदरबादले मोहम्मद नाबीलाई तथा कोलकाताले कमलेश नगरकोटीलाई सुरुवाती ११ मा स्थान दिएको छ ।

समान १-१ खेल खेलेका हैदराबाद र कोलकाता अंक तालिकामा अंक बिहिन रहेका छन् । आफ्नो पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित भएको थियो भने कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनको फराकिलो हारको सामना गर्न पुगेको थियो । त्यसैले पनि आजको खेलमा दुबै टोली जित हात पार्दै पहिलो अंक जोड्ने आशामा रहने छन् ।

कोलकाता र हैदराबाद हाल सम्म आईपीएलमा १७ पटक एक आपसमा भिडेका छन् । १० खेलमा

कोलकाताले जित हात पार्दा हैदरबादले जम्मा सात खेल आफ्नो पक्ष्यमा पार्न सकेको छ । पछिल्लो पाँच खेलमा हैदराबादले तीन र कोलकाताले दुई खेल जितेका छन् ।

आफुले खेलेका दुबै खेलमा जित दर्ता गरेको दिल्ली क्यापिटल्स चार अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

आईपीएलको पुर्ण अंक तालिका हेर्न यहाँ क्लिक गर्नु होला ।

Click to comment

Trending