Headline

पेनाल्टीले बचायो युनाइटेडलाई, ब्राइटन पराजित

Published

on

इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३-२ गोलले हराएको छ ।

खेलमा पहिलो गोल ब्राइटनले गरे पनि युनाइटेडले तीन गोल गर्दै कमब्याक गरेको थियो । ब्राइटनका लागि निएल मौउपेले पेनाल्टी मार्फत गोल गरेका थिए भने दोस्रो गोल  ९० मिनेट पछिको इन्जुरी टाइममा सोली मार्चले गरेका थिए । युनाइटेडका लागि भने  ब्राइटनका कप्तान लुइस डंन्कले अत्मघातिक गोल गरेका थिए । दोस्रो गोल मार्कस रासफोर्डले गरे पनि खेल सकिए पछि रेफ्रीले दिएको पेनाल्टीको सदुपयोग गर्दै ब्रुनो फर्नानडेजले युनाइटेडलाई जिताएका थिए ।

खेलको ४० औँ मिनेटमा ब्रुनो फर्नानडेसले तरिक लम्प्टीलाई डिबक्समा लडाए पछी पएको पेनाल्टीलाई सदुपयोग गर्दै ब्राइटनका लागि मौउपेले गोल गरेका थिए । ब्राइटनले गरेको गोलको तीन मिनेट पनि बित्न नपाउदै युनाइटेड खेलमा फर्कियो । युनाइटेडका लागि ब्राइटनका कप्तान लुइस डंन्कले अत्मघातिक गोल गरेका थिए ।

पहिलो हाफ १-१ मा सकिएको खेलमा दोस्रो हाफमा युनाइटेडले आग्रता लिएको थियो । युनाइटेडका लागि ५५ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै खेल २-१ को स्थितीमा ल्याएका थिए । ९० मिनेट पछि को इन्जुरी टाइममा फेरी ब्राइटनले खेल बराबरी गरेको थियो । सोली मार्चले खेल २-२ को बाराबरीमा ल्याए पनि  खेलको अन्तिम समयमा रेफ्रीले खेलको फुल टाइम सिट्टी बजाए पनि युनाइटेडलाई पेनाल्टी दिएका थिए ।

पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ब्रुनो फर्नानडेजले युनाइटेडलाई ३-२ को जित दिलाएका थिए ।

पहिलो खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको युनाइटेडको यो सिजनकै पहिलो जित हो ।

आजै हुने अन्य खेलहरुमा क्रिस्टल प्यालेस र एवर्टन, चेल्सी र वेष्ट ब्रोम,बर्नली र साउथह्याम्प्टन भिड्दै छन् ।

 

Click to comment

Trending