Headline

पहिलो जितको खोजीमा रियल म्याड्रिड रियल बेटिसको समाना गर्दै

Published

on

स्पेनिस ला लिगामा आफ्नो दोस्रो खेलमा साबिक बिजेता रियल म्याड्रिड पहिलो जितको लागि शनिबार रियल बेटिसको समाना गर्दैछ ।

पछिल्ला तीन खेलमा रियल बेटिस रियल म्याड्रिडसँग एक खेलमा पनि हारेको छैन । गएका तीन खेलमा दुईमा जित र एकमा बाराबरी खेलेको बेटिसले म्याड्रिडलाई ठुलो प्रतिस्पर्धा दिने निश्चित देखिन्छ ।

आफ्नो पहिलो खेलमा रियल सोसिडाडसँग गोल रहित बाराबरी खेलेको म्याड्रिडलाई बेटिस विरुद्धको खेल महत्वपूर्ण देखिन्छ । बेटिसले भने आफ्नो सुरुवाती दुवै खेलमा जित हात पार्दै ६ अंक बटुलिसकेको छ ।

पछिल्ला ६ अवे खेलमा एक खेलमा मात्र पराजित भएको रियल म्याड्रिड यो खेल बेटिसको घरमा खेल्दै छ । यता बेटिसको घरमा भने रियलले पछिल्ला ६ खेलमा तीनमा मात्र जित निकाल्न सकेको छ ।

२०१९–२० को ला लिगा बिजेता रियल म्याड्रिडले युरोपियन प्रतियोगितामा क्वार्टर–फाइनल सम्मको यात्रा तय गरेका कारण उसको पहिलो चरणको खेल धकेलिन पुगेको थियो ।

खेल नेपाली समय अनुसार राती १२ः४५ मा सुरु हुने छ ।

Click to comment

Trending