Headline

प्रिमियर लिगमा आजः म्यानचेस्टर युनाइटेड र ब्राइटन, चेल्सी र वेष्ट ब्रोम भिड्दै

Published

on

इङ्गलिस प्रिमियर लिगको तेस्रो चरणका खेलहरु आजबाट सुरु हुदैछन् । पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनको समाना गर्दै छ ।

पहिलो खेलमा क्रिस्टल प्यालेससँग हारेको युनाइटेड अंक बिहिन रहेको छ भने ब्राइटनले आफ्नो पहिलो खेल चेल्सीसँग पराजय बेहोरेपनि दोस्रोमा न्युकासल युनाइटेडलाई ३–० गोलले हराउदै तीन अंक बटुलिसकेको छ ।

ब्राइटनको टोली निकै बलियो देखिएको छ । युवा खेलाडी तारिक लाम्पटीको उपस्थिती ब्राइटनका लागि निकै महत्वपूर्ण हुने छ । आज हुने खेलमा युनाइटेडका लागि नयाँ खेलाडी डोनी भ्यान डि बिकले सुरुवाती ११ बाट खेल्ने सम्भावना बलियो रहेको छ ।

यस सिजनको प्रिमियर लिगमा आफ्नो दोस्रो खेल खेल्दै गर्द युनाइटेडलाई जितको दवाव हुने छ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुने छ ।

अर्को खेलमा क्रिष्टल प्यालेस र एभर्टन भिड्दै छन् । आ–आफ्ना दुवै खेल खेल जित्दै ६ अंक बटुलिसकेका यी टोलीको खेल रोमान्चक हुने आशा गरिएको छ । जेम्स रोड्रिगेजको आगमनसँगै फरक उर्जामा देखिएको एभर्टनले म्यानचेस्टर युनाइटेडलाई अघिल्लो खेलमा हराएको क्रिष्टल प्यालेसको समाना गर्न गइरहेको हो ।

खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु हुने छ ।

दिनको तेस्रो खेलमा चेल्सीले नव प्रवेशी वेष्ट ब्रोमको समाना गर्ने छ । पहिलो दुवै खेलमा पराजित भएको वेष्ट ब्रोमलाई चेल्सी अर्को बलियो प्रतिद्वन्दीको रुपमा परेको हो ।

चेल्सी लिभरपुलसँग अघिल्लो खेलमा २–० ले पराजित हुन पुगेको थियो भने वेष्ट ब्रोमले एभर्टनको पाँच गोल खान पुगेको थियो । नयाँ खेलाडीको आगमनसँगै बलियो देखिएको चेल्सीलाई दोस्रो खेल हारेसँगै यो खेल जित्नै पर्ने दवाव हुने छ ।

खेल नेपाली समय अनुसार १०ः१५ मा सुरु हुने छ ।

Click to comment

Trending