IPL

पहिलो जितको खोजीमा कोलकाता र हैदराबाद भिड्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा एक पटकको विजेता सनराईजर्स हैदराबाद र दुई पटकको च्याम्पियन कोलकाता नाइट राईडर्स भिड्दै छन् । शेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

समान १-१ खेल खेलेका हैदराबाद र कोलकाता अंक तालिकामा अंक बिहिन रहेका छन् । आफ्नो पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित भएको थियो भने कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनको फराकिलो हारको सामना गर्न पुगेको थियो । त्यसैले पनि आजको खेलमा दुबै टोली जित हात पार्दै पहिलो अंक जोड्ने आशामा रहने छन् ।

कोलकाता र हैदराबाद हाल सम्म आईपीएलमा १७ पटक एक आपसमा भिडेका छन् । १० खेलमा कोलकाताले जित हात पार्दा हैदरबादले जम्मा सात खेल आफ्नो पक्ष्यमा पार्न सकेको छ । पछिल्लो पाँच खेलमा हैदराबादले तीन र कोलकाताले दुई खेल जितेका छन् ।

आफुले खेलेका दुबै खेलमा जित दर्ता गरेको दिल्ली क्यापिटल्स चार अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

आईपीएलको पुर्ण अंक तालिका हेर्न यहाँ क्लिक गर्नु होला ।

Click to comment

Trending