IPL

दिल्लीले चेन्नाईको सामना गर्दै, पाउलान् त सन्दिपले मौका ?

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा आज गत बर्षको उपविजेता चेन्नाई सुपर किंग्स र तेश्रो भएको दिल्ली क्यापिटल्स भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

यस सिजन चेन्नाईको आजको खेल तेश्रो हुनेछ भने दिल्ली आफ्नो दोश्रो खेल खेल्न लागेको हो । चेन्नाईले प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई  पाँच विकेटले पराजित गरेको थियो भने राजस्थानसँग १६ रनको हारको सामना गरेको थियो । दिल्लीले भने सुपर ओभरमा किंग्स ११ पन्जाबलाई पराजित गर्दै दुई अंक बटुल्न सफल भएको थियो ।

हाल सम्म यि दुई टोली आईपीएलमा २१ पटक भिडेका छन् । जसमा चेन्नाईले १५ वटा खेल
जितेको छ भने दिल्लीको नाममा छ जित मात्र रहेको छ । गत बर्षको संस्करणमा तीन पटक भिड्दा तीन खेल नै दिल्ली पराजित हुन पुगेको थियो । क्वालिफायर्समा दिल्लीलाई छ विकेटले पराजित गर्दै फाइनलमा पुगेको चेन्नाई मुम्बईसँग एक रनले पराजित हुँदै उपाधि चुम्नबाट बन्चित भएको थियो ।

आजको खेलमा पनि नेपाली समर्थकहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले सुरुवाती ११ मा स्थान बनाउन सक्ने छन् की छैनन् भन्नेमा बढी केन्द्रित रहने छन् ।

हालै सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा उत्कृस्ट प्रदर्शन गरेका सन्दिपले सुरुवाती ११ मा स्थान बनाउने छन् भन्नेमा धेरै जना आशावादी रहे पनि दिल्लीले पन्जाब विरुद्धको अघिल्लो खेलमा सन्दिपलाई सुरुवाती ११ मा स्थान दिएको थिएन ।

Click to comment

Trending