Headline

सुपर कपको जित सँगै सिजनको सबै उपाधि जितेको बायर्न

Published

on

जावी मार्टिनेजले एक्स्ट्रा टाइममा गोल गरे पछि बायर्नले सेभियालाई १५,१८० समर्थक सामु २-१ ले हराउदै युएएफए सुपर कपको उपाधि हात पारेको छ ।

खेलमा पहिलो गोल पेनाल्टी मार्फत सेभियाले गरेको थियो । १३ औँ मिनेटमा डेभिड अलबाले इभान राकिटिचलाई डिबक्स भित्र लडाए पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सेभियाका लागि लुकस ओकम्पोसले गोल गरेका थिए ।

बायर्नलाई कडा प्रतिस्पर्धा दिएको सेभियाले भने ३४ औँ मिनेटमा गोल खान पुगेको थियो । स्टार फर्वार्ड रोबर्ट लेवनडस्कीको पासको सदुपयोग गर्दै लेयोन गोरेत्ज्काले ३४ औँ मिनेटमा खेल १-१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा बायर्नले खेललाई आफ्नो पक्षमा लिए पनि सेभियाले काउन्टर अट्याकहरु गर्न छोडेको थिएन । निर्धारित ९० मिनेट १-१ गोलको बाराबरीमा सकिए पछि खेल एक्स्ट्रा टाइममा धकेलिएको थियो । एक्स्ट्रा टाइमको पहिलो चार मिनेटमै बायर्नले गोल गर्न पुग्यो । बायर्नका लागि १०४ औँ मिनेटमा जावी मार्टिनेजले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।

जावीले गरेको गोल निर्णयक बने पछि बायर्नले सुपर कपको उपाधि जितेको छ । सुपर कपसँगै बायर्नले यो सिजन खेलेको हरेक प्रतियोगिताको उपाधि जितेको हो ।
बायर्नले २०१९/२०२० को सिजनमा जर्मन बुन्डेसलिगा,जर्मन कप (डिफबी पोकाल),युइएफए च्यामपियन्स लिग र सुपर कपको उपाधि हित्दै खेलेका सबै प्रतियोगिताहरुमा आफ्नो नाम लेखाउन सफल भएको हो ।

Click to comment

Trending