Headline

युएफाले दियो च्याम्पियन्स लिग र अन्तर्राष्ट्रियमा ५ सब्स्टिच्युटको अनुमती

Published

on

युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले यो सिजन सबै यूरोपीयन क्लब प्रतियोगिता र अन्तर्राष्ट्रिय खेलहरूमा पाँच सब्स्टिच्युट खेलाउन मिल्ने नियम दोहोर्याउने भएको छ । बिहिबार बसेको बैठकपछि युएफाले यो सिजनका लागि उक्त निर्णय लिएको र अर्को वर्षको निर्णय लिन बाँकी रहेको बताएको छ ।

हँगेरीको राजधानी बुडापेस्टमा भएको बैठकले उक्त निर्णयहरु च्याम्पियन्स लिग, युरोपा लिग र महिला च्याम्पियनसिप लिग सहित नेसन्स लिगमा पनि लागु हुने बताएको छ । अन्तर्राष्ट्रिय खेलहरुमा भने युरो २०२१ को छनोट प्रतियोगिता देखि महिला युरो सम्मको लागी यो प्रावधान रहनेछ ।

अर्को निर्णय अब युरो कपका लागि लिइने बैठकले जनाएको थियो । कोरोना भाईरसका कारण २०२० मा हुने भनिएको युरो कप २०२१ को जुन–जुलाईको लागि सारिएको थियो ।

राष्ट्रिय टोलीका प्रशिक्षकहरुको दवाव पछि युएफाले यो निर्णय लिनु परेको हो । यस अघिका नेसन्स लिगका पहिलो चरणहरुमा ३ सब्स्टिच्युटको नियम कायम रहेपनि आउने चरणहरुमा ५ खेलाडी सब्स्टिच्युट गर्न मिल्ने छ ।

अन्य युरोपियन लिगहरुमा पनि पाँच खेलाडी सब्स्टिच्युटको नियम बने पनि इङ्गलिस प्रिमियर लिगमा भने अहिले तीन खेलाडी बनाइएको छ । पाँच सब्स्टिच्युटको नियम रहदा खेलाडीहरुलाई दवाव नपर्ने बताउदै धेरै लिगहरुले यो सिजन पनि निरन्तरता दिएका थिए ।

“यो सही निर्णय हो र माथिल्लो स्तरका खेलाडीहरुमा दवाव कम गर्नका लागि राम्रो कदम पनि हो । हामीले उनीहरुको बढ्दो कामको बोझ कम गर्न र स्वास्थ्य र कार्य सम्पादनलाई सुरक्षित राख्न थप नयाँ उपायहरु अपनाउने छौ,” फिफप्रोका महासचिव जोनास बेरे होफ्फमानले भने ।

यस्तै युएफाले नेसन्स लिगको फाइनल २०२१ को अक्टोबर ६ मा गराउने निर्णय लिएको छ । प्रतियोगिताका नकआउट चरणदेखि आयोजना गर्न इटाली, नेदरल्याण्ड्स र पोल्यान्डले चासो व्यक्त गरेका छन् ।

Click to comment

Trending