IPL

कप्तान राहुलको शतकमा बेंगलोरलाई २०७ रनको विशाल लक्ष्य 

Published

on

कप्तान केएल राहुलले आक्रमक शतक प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को छैठौं खेलमा किंग्स ११ पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई २०७ रनको विशाल लक्ष्य दिएको छ ।
दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै तीन विकेटको क्षतीमा २०६ रन बनायो ।
पन्जाबको तर्फबाट ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान केएल राहुलले अविजित रहँदै सर्वाधिक १३२ रन बनाए । आईपीएलमा राहुलको यो दोश्रो शतक हो । ६९ बलको सामना गरेका राहुलले १४ चौका र सात छक्का प्रहार गरे । राहुलले बेंगलोरको लागि १९ औं ओभर लिएर आएका डेल स्टेनको ओभरमा तीन छक्का र दुई चौका सहित २६ रन प्रहार गरे भने पारीको अन्तिम तीन बलमा सौरब दुबेको बलमा एक चौका र दुई छक्का प्रहार गरे ।
यसै बीच आजको खेलमा आईपीएलमा दुई हजार रन पुरा गर्दै राहुलले सचिन तेन्दुलकरको नाममा रहेको किर्तिमान पनि भंग गरेका छन् । राहुलले यस अघि सचिनको नाममा रहेको तिब्र दुई हजार रन प्रहार भारतीय खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाएका हुन् । सचिनले आईपीएलको ६३ खेलमा दुई हजार रन पुरा गरेका थिए भने राहुलले मात्र ६० खेलमा २०० रन पुरा गरेका छन् ।
पन्जाबका ओपनर मायंक अगरवालले २६, निकोलस पुरणले १७ तथा ग्लेन म्याक्सवेल पाँच रन बनाएर आउट भए भने करुण नायरले अविजित १५ रनको पारी खेले ।
बेंगलोर र पन्जाब दुबै आ-आफ्नो दोश्रो खेल खेल्दै छन् । बेंगलोरले आफ्नो पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो भने पन्जाब सुपर ओभरमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।
दुबै टोली अहिले सम्म २४ पटक एक आपसमा खेलेका छन् भने दुबै टोलीले १२-१२ खेल जितेका छन् । तर पछिल्लो पाँच खेलमा भने पन्जाबको बेंगलोरसँगको प्रदर्शन निराशाजनक रहेको छ । पछिल्ला पाँच खेलमा बेंगलोरले चारमा जित हात पार्दा पन्जाबले एक खेल मात्र आफ्नो पक्ष्यमा पार्न सकेको छ ।

Click to comment

Trending