IPL

बेंगलोरले टस जित्यो, पन्जाब पहिले ब्याटिङ गर्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को छैठौं खेलमा किंग्स ११ पन्जाबले पहिले ब्याटिङ गर्ने भएको छ । रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान बिराट कोहलीले दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
बेंगलोरले आज कुनै पनि खेलाडी परिवर्तन गरेको छैन भने पन्जाबले दुई परिवर्तन गरेको छ । जिमी नीशमले शुरुवाती ११ मा स्थान बनाएका छन् भने पन्जाबले आजको खेलमा पनि बिस्फोटक ब्याट्सम्यान क्रिस गेल र लेग स्पिनर मुजिब उर रहमानलाई टोलीमा समावेस गरेको छैन ।
बेंगलोर र पन्जाब दुबै आ-आफ्नो दोश्रो खेल खेल्दै छन् । बेंगलोरले आफ्नो पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो भने पन्जाब सुपर ओभरमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।
दुबै टोली अहिले सम्म २४ पटक एक आपसमा खेलेका छन् भने दुबै टोलीले १२-१२ खेल जितेका छन् । तर पछिल्लो पाँच खेलमा भने पन्जाबको बेंगलोरसँगको प्रदर्शन निराशाजनक रहेको छ । पछिल्ला पाँच खेलमा बेंगलोरले चारमा जित हात पार्दा पन्जाबले एक खेल मात्र आफ्नो पक्ष्यमा पार्न सकेको छ ।

Click to comment

Trending