IPL

आईपीएलमा आज बेंगलोर र पन्जाब खेल्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को छैठौं खेलमा बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर र केएल राहुलको नेतृत्वमा रहेको किंग्स ११ पन्जाब भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

बेंगलोर र पन्जाब दुबै आ-आफ्नो दोश्रो खेल खेल्दै छन् । बेंगलोरले आफ्नो पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो भने पन्जाब सुपर ओभरमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

पन्जाबले आफ्नो पहिलो खेलमा बिस्फोटक ब्याट्सम्यान क्रिस गेल र लेग स्पिनर मुजिब उर रहमानलाई खेलाएको थिएन भने आजको खेलमा उनीहरु समावेस हुने प्रवल सम्भावना रहेको छ । बेंगलोरका अलराउण्डर क्रिस मोरिस अघिल्लो खेलमा चोटका कारण टोलीमा थिएनन् भने आज पनि उनले खेल्ने सम्भावना न्युन रहेको छ ।

दुबै टोली अहिले सम्म २४ पटक एक आपसमा खेलेका छन् भने दुबै टोलीले १२-१२ खेल जितेका छन् । तर पछिल्लो पाँच खेलमा भने पन्जाबको बेंगलोरसँगको प्रदर्शन निराशाजनक रहेको छ । पछिल्ला पाँच खेलमा बेंगलोरले चारमा जित हात पार्दा पन्जाबले एक खेल मात्र आफ्नो पक्ष्यमा पार्न सकेको छ ।

Click to comment

Trending