अन्तर्राष्ट्रिय

चर्चित कमेन्टेटर डिन जोन्सको असमाहिक निधन 

Published

on

अस्ट्रेलियाका पुर्व क्रिकेट खेलाडी तथा चर्चित कमेन्टेटर डिन जोन्सको निधन भएको छ । ५९ बर्षिय जोन्सको आज मुम्बईमा हृदयघातबाट निधन भएको हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को कमेन्टरी टोलीमा रहेका जोन्स हाल मुम्बईमा रहेका थिए र उनलाई ठुलै हृदयघात भएकोले निधन भएको हो । स्टार इन्डियाले एक विज्ञप्ति जारी गर्दै जोन्सको निधनको पुष्टि गर्दै हृदयघातबाट अचानक मृत्यु भएकोमा दुख ब्यक्त गरेको छ । उनी ‘प्रोफेसर डिनो’ को नामले परिचित थिए ।
अस्ट्रेलियाको लागि ५२ टेस्ट र १६४ एकदिवसीय खेलमा क्रमश तीन हजार छ सय ३१ रन तथा छ हजार ६८ रन बनाएका थिए । सन् १९९७-९८ मा क्रिकेटबाट सन्यास लिए पछि पछिल्लो समय उनी कमेन्टेटरका रुपमा काम गर्दै आएका थिए । त्यस्तै उनी अस्ट्रेलियाले सन् १९८७ मा विश्वकपको उपाधि जित्दा पनि जोन्स टोलीमा रहेका थिए ।

 

Click to comment

Trending