Headline

सुपर कपका लागि बायर्न र सेभिया भिड्दै

Published

on

युएफए सुपर कपका लागि आज च्यम्पियन्स लिग बिजेता जर्मन क्लब बायर्न म्युनिख र युरोपा लिग बिजेता स्पेनिस क्लब सेभिया भिड्दै छन् ।

हङ्गेरीको बुडापेस्त स्थिती पुस्कास एरेनामा हुने खेलमा बायर्न दोस्रो पटक यो उपाधि जित्ने दाउमा हुने छ । सेभियाले पनि २००६ मा सुपर कपको उपाधी हात पारेको थियो भने २०१४,२०१५ र २०१६ मा उपबिजेतामा सिमित हुन पुगेको थियो ।

बायर्नले च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइनलाई १-० गोलले हराउदै उपाधि जितेको थियो । सेभियाले भने इटालियन क्लब इन्टर मिलानलाई ३-२ ले हराएको थियो ।

युएफएको प्रमुख प्रतियोगिता रहेको सुपर कपका लागि ६ हजर टिकेट बिक्री गरिएको छ ।

खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ ।

Click to comment

Trending