Headline

डि मरियालाई चार खेलमा प्रतिबन्ध

Published

on

पेरिस सेन्ट जर्माइन (पिएसजी) का फर्वार्ड एन्जल डि मरियालाई फ्रेन्च लिग कमिटीले मार्से विरुद्धको खेलमा झगडामा सामेल हुँदै बिपक्षी खेलाडीको मुखमा थुकेको कारण चार खेलको प्रतिबन्ध लगाउने भएको छ ।

३२ वर्षिय डि मरियालाई मार्से विरुद्धको खेलमा बिपस्खी डिफेन्डर अल्भारो गोन्जालेजको मुखमा थुकेको भिडियो सर्वजनिक भए सँगै लिग कमिटीले अनुसन्धान अघी बढाएको थियो । उक्त खेलमा रेफ्रीले खेल सकिए पछी पाँच रातो कार्ड पनि देखाएका थिए ।

२०२०/२०२१ को सिजन सुरु हुनु भन्दा पहिले कोरोना भाईरस संक्रमित उनले गोन्जालेजको मुखमा थुकेका थिए ।

मार्सेसँग १-० ले पराजित भए पछि सुरु भएको झगडा भिएआरले खेल पछि हेर्दा मरियाले थुकेको देखिएको थियो । नयाँ कोरोना भाईरसका कारण बनेको फुटबल प्रोटोकलमा मैदानमा थुक्न प्रतिबन्ध लगाएको बेला डि मरियाले मुखमा थुकेका थिए ।

पिएसजीका नेमार, लियान्ड्रो परिदेस र लेभिन कुर्जावा र मार्सेका जोर्डन अमावी र डारियो बेनेडेटो सबैलाई रेफ्रीले ९० मिनेट पछिको इन्जुरी टाइममा रातो कार्ड देखाएका थिए ।

नेमारले रातो कार्ड खाँदै बहिर निस्किए पछि भने उनलाई गोन्जालेजले रङ्गभेदी टिपणी गरेको आरोप लगाएका थिए ।

गोन्जालेजले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

 

Click to comment

Trending