Headline

बार्सिलोनाको अन्तिम अभ्यास सत्रमा रुदै बिदा भए सुवारेज

Published

on

स्पेनिस ला लिगाको चीर प्रतिद्वन्दी एट्लेटिको म्याड्रिड जाने तयारी गरिरहेका उरुग्वेका स्ट्राइकरले बार्सिलानोसँगको आफ्नो अन्तिम अभ्यास सत्रबाट रुदै बिदा लिएका छन् । स्पेनिस टेलिभिजन गोलले सुवारेजले आफ्ना खेलाडी साथीहरुबाट बिदाई लिएपछि बाहुलाले आसु पुछिरहेको भिडियो सार्वजनिक गरेको थियो ।

२०१४ मा लिभरपुलबाट क्याटलन क्लब आएका सुवारेजको टिममा राम्रो सम्बन्ध रहेको र बिशेषगरि अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सी निकै मिल्ने साथी रहेका छन् । क्याटलनकै दैनिक पत्रिका स्पोर्टले लेखेको छः “लुईस सुवारेज सेन्ट जोवान डेस्पी ट्रेनिङ्ग सेन्टरबाट रुदै बाहिरिए । औपचारिक रुपमा बार्सा छोड्ने कागजातमा हस्ताक्षर गर्नुअघि उनले खेलाडी साथीहरुलाई सम्बोधन गरेका थिए । अभ्यास सत्रको अन्त्यमा उनले बिगत ६ बर्षदेखिका साथीहरुलाई गुडबाई भनेका थिए ।”

यो साताको शुरुवातमा नै मार्साले ३३ बर्षिय सुवारेज अब बार्साको खेलाडी नरहेको भन्ने आरुएसी रेडियो वान रेडियोको रिपोर्टलाई पुष्टि गरेको थियो । बार्सासँग एट्लेटिको जानका लागि रिलिज लेटर लिन सुवारेजले आफ्नो पारिश्रमिकको केही प्रतिशत कटौति गर्ने शर्त पुरा गरेको भनिएको छ ।

किके सेटियन बर्खास्त भएसँगै नयाँ डच प्रशिक्षक रोनाल्ड कोमनको आगमनपछि सुवारेजको बार्सामा उल्टो गन्ति शुरु भइसकेको थियो । आर्टुरो भिडाल, इभान राकिटिच र स्यामुएल उम्टिटिसँगै सुवारेज पनि कोमनको योजना नरहेको खेलाडीहरुको सुचीमा रहेका थिए ।

मेस्सी (६ सय ३४) र सेजार रोद्रिगेज (२ सय ३२) पछि सुवारेज १ सय ९८ गोलसहित बार्साका तेश्रो सर्वाधिक गोलकर्ताको रुपमा क्लब छोडिरहेका छन् । इटालियन महारथी युभेन्टस जान असफल भएपछि सुवारेज एट्लेटिको म्याड्रिड गइरहेका हुन् ।

इटालियन पासपोर्ट लिन निकै ढिलो भएका कारण सुवारेजसँग सम्झौता हुन सम्भव नरहेको गत हप्ता युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले बताएका थिए । मङ्गलवार इटालियन सरकारी वकिलहरुले सुवारेजले चिटिङ्ग गर्दै इटालियन भाषा परिक्षा पास गर्न खोजेको आशंका गरेका थिए ।

Click to comment

Trending