IPL

कोलकाता माथि फराकिलो जित निकाल्दै मुम्बईलाई पहिलो अंक  

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पहिलो खेलमा कोलकाता नाइट राईडर्सले मुम्बई इन्डियन्ससँग ४९ रनको लज्जास्पद हारको सामना गरेको छ । मुम्बईको दोश्रो खेलमा यो पहिलो जित हो ।

जितका लागि १९६ रनको विशाल लक्ष्य पक्ष्याएको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १४६ रन बनाउन सक्यो ।

२५ रन्को अवस्थामा दुबै ओपनरलाई गुमाएको कोलकाताका लागि कप्तान दिनेश कार्तिक र नितिस रानाले तेश्रो विकेटका लागि ४६ रन जोड्दै पारी सम्हाल्ने कोसिस गरे पनि छ रनको अन्तरालमा क्रमश २३ बलमा ३० रन तथा १८ बलमा २४ रन बनाएर आउट भए पछि कोलकत्ता सम्हालिन सकेन ।

नवौं नम्बरमा ब्याटिङ गर्न आएका प्याट कमिन्सले १२ बल खेल्दै एक चौका र चार छक्काको मद्धतमा ३३ रन प्रहार गरे पनि त्यो पर्याप्त भएन ।

मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटितटसन, जस्प्रित बुम्रा र राहुल चाहारले समान २-२ विकेट हात पारे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९५ रन बनायो ।

दोश्रो ओभरको दोश्रो बलमा नै एक रन बनाएका ओपनर क्विन्टन डि कक आउट भए पछि खराब सुरुवात गरेको मुम्बईको पारी अर्का ओपनर तथा कप्तान रोहित शर्मा र सुर्य कुमार यादवले सम्हाले । उनीहरु दुई मिलेर दोश्रो विकेटका लागि मात्र ५८ बलमा ९० रन जोडे ।

२८ बलको सामना गर्दै चौका र एक छक्काको मद्धतमा आक्रमक ४७ रन बनाएका यादव अर्धशतक पुरा गर्न नपाई दुर्भाग्यपुर्ण रन आउट हुन् पुगे ।

यादवको विकेटको पतन पछि शर्माले चौथों नम्बरमा ब्याटिङ गर्न आएका सौरव तिवारीसँग मिलेर मुम्बईको पारी अगाडी बढाए । शर्माले तेश्रो विकेटका लागि १३ बलमा २१ रन बनाएका तिवारीसँग मिलेर १६ बलमा ४९ रनको साझेदारी गरे । तिवारी सुनिल नारायणको शिकार बने ।

त्यस पछि कप्तान रोहित शर्मा पनि ८० रन बनाएर शिभम् मावीको बलमा आउट भए । १७ दशमलब पाँच ओभरमा आउट भएका शर्माले ५४ बल खेल्दै तीन चौका र छ छक्का प्रहार गरे । हार्दिक पाण्ड्या पनि १३ रन बनाएर आन्द्रे रसेलको बलमा हिट विकेट भए ।

कोलकाताका शिभम् मावीले सर्वाधिक दुई विकेट लिए भने सुनिल नारायण र आन्द्रे रसेलले पनि १-१ विकेट हात पारे । नारायणले चार ओभरमा मात्र २२ रन तथा चार ओभर नै बलिङ गरेका मावीले एक मेडन ओभर सहित ३२ रन खर्चिए ।

Click to comment

Trending