Headline

ललितलाई इपिएल फ्रान्चाइज चितवन टाइगर्सको सहयोग

Published

on

सडक दुर्घटनामा घाइते भएका राष्ट्रिय टोलीका क्रिकेटर ललितसिंह भण्डारीलाई चितवन टाइगर्स लगायतका संस्थाले उपचारका लागि नगद सहयोग गरेका छन् । तिब्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए ।

अघिल्लो आइतबार साँझ उनी गृहनगर कञ्चनपुरमा सवारी दुर्घटनामा परेका थिए । उनी सबार मोटरसाइकल विपरित दिशाबाट आएको ट्रकमा ठोक्किएपछि गम्भिर भएका उनलाई धनगढी, बाँकेको कोहलपुर हुदैं हेलिकप्टरबाट सोमबार काठमाडौं ल्याइएको थियो ।

चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपैंया उपचारका लागि प्रदान गरेको हो । चितवन टाइगर्सका मालिक एवंम लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्टराई, अध्यक्ष सुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमति ममतालाई चेक प्रदान गरेका थिए ।

हस्तान्तरण गर्दा चितवन टाइगर्सका मार्की एवंम राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रुपाखेती उपस्थित रहेका थिए ।

सो अवसरमा अमेरिका स्थित नेपाल राइनोज क्रिकेट क्लबको डालास शाखाले ललितको उपचारका लागि ७५ हजार ८ सय ३१ रुपैंया प्रदान गरेका गरेको छ । राइनोजका संयोजक राकेश कर्णमार्फत अमेरिकामा उठाइएको रकम सोमपालमार्फत ललितकी श्रीमति ममतालाई बुधबार हस्तान्तरण गरिएको थियो ।

Click to comment

Trending