IPL

कोलकत्ताले टस जितेर पहिले फिल्डिंङ गर्ने

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा कोलकत्ता नाइट राईडर्स विरुद्धको खेलमा मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्ने भएको छ शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा कोलकत्ताका कप्तान दिनेश कार्तिकले फिल्डिंङ गर्ने निर्णय गरेका हुन् ।

१३औं संस्करणको आईपीएल कोलकत्ताले आज पहिलो खेल खेल्न लागेको हो भने प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको थियो । कोलकत्ता प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ भने मुम्बई पहिलो अंक जोड्ने दाउमा हुनेछ ।

मुम्बईले सर्वाधिक चार पटक तथा कोलकत्ता दुई पटक आईपीएलको उपाधि चुमेको छ । तर प्रतियोगितामा एक आपसको खेल हेर्ने हो मुम्बईको अघि कोलकत्ता निरिह देखिन्छ । दुबै टोली एक आपसमा २५ पटक भिडेका छन् जसमा कोलकत्ताले जम्मा छ खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।

Click to comment

Trending