IPL

मिचेल मार्श आईपीएलबाट बाहिर

Published

on

सनराईजर्स हैदराबादका मिचेल मार्शले २०२० संस्करणको पुरै इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् ।

रोयल च्यालेन्जर्स बेंगलोर विरुद्धको आफ्नो पहिलो खेलका क्रममा गोलीगाँठोमा चोट लागेको थियो । उनी बलिङ गर्ने क्रममा घाइते भए पनि ब्याटिङ गर्न क्रिजमा आएका थिए । अलराउण्डर मार्श पुरै सिजन हैदराबादको पहिलो रोजाईमा पर्ने खेलाडी थिए । उनी प्रतियोगिताबाट बाहिरिए पछि हैदरबादलाई ठुलै धक्का लाग्ने अनुमान गर्न सकिन्छ ।

गत डिसेम्बरमा भएको अक्सनका क्रममा हैदराबादले मार्शलाई उनको सुरुवाती मुल्य दुई करोड भारतीय रुपैयामा अनुबन्ध गरेको थियो ।

मार्शले चोटका कारण आईपीएलको पुरै सिजन गुमाएको यो पहिलो पटक भने होइन । सन् २०१७ को सिजनमा काँधमा लागेको चोटका कारण उनले पुणेको सबै खेल गुमाएका थिए ।

मार्श बाँकी खेल खेल्न नसक्ने भए पछि हैदराबादले उनको स्थानमा वेस्ट इन्डिजका टेस्ट कप्तान जेसन होल्डरलाई टोलीमा समावेस गरेको छ । अघिल्लो सिजनहरुमा चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राईडर्सबाट खेलेका होल्डर सन् २०१४/१५ को सिजनमा भने हैदरबादमा नै थिए । डिसेम्बरको अक्सनमा भने होल्डरलाई कुनै पनि टोलीले अन्बंध गरेको थिएन ।

Click to comment

Trending