IPL

कोलकत्तासँग जितको खोजीमा मुम्बई

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा कोलकत्ता नाइट राईडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् ।

शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

१३औं संस्करणको आईपीएल कोलकत्ताले आज पहिलो खेल खेल्न लागेको हो भने प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको थियो । कोलकत्ता प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ भने मुम्बई पहिलो अंक जोड्ने दाउमा हुनेछ ।

मुम्बईले सर्वाधिक चार पटक तथा कोलकत्ता दुई पटक आईपीएलको उपाधि चुमेको छ । तर प्रतियोगितामा एक आपसको खेल हेर्ने हो मुम्बईको अघि कोलकत्ता निरिह देखिन्छ । दुबै टोली एक आपसमा २५ पटक भिडेका छन् जसमा कोलकत्ताले जम्मा छ खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।

Click to comment

Trending