Headline

२०२० मा हुने सबै साफ उमेर समुहका प्रतियोगिताहरु स्थगित

Published

on

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले २०२० मा हुने सबै साफ युथ च्याम्पियनसिपहरु  स्थगित  गर्ने निर्णय गरेको छ।

साफले आज भएको बैठकमा दक्षिण एसियाली क्षेत्रको वर्तमान अवस्थाको पुनर्मूल्यांकन गरी र सबै सदस्य संघहरूसँग छलफल गरेपछि युथ र उमेर समुहका प्रतिस्पर्धाहरु रद्द गर्ने निर्णय गरेको हो ।

साफले यो वर्ष हुने भनिएका यु-१६ (महिला र पुरुष) र यु-१८ (महिला) उमेर समुहका प्रतियोगिताहरु स्थगित  गर्ने निर्णय गरेको हो ।

“अहिलेको अवस्थालाई मध्यनजर गर्दै सबै प्रतियोगिताहरु स्थगित गरेको छ” साफले भनेको छ ।

साफले युवा प्रतियोगिताहरुको सम्बन्धमा सेप्टेम्बरमा फेरी बैठक बस्दै अर्को निर्णय लिने  पनि बताएको छ ।

कोरोना भाईरसका कारण साफले यस अघी २०२० मा हुने भनिएको साफ च्याम्पियनसिप २०२१ का लागि सारेको थियो ।

Click to comment

Trending