Headline

रोनाल्डोलाई उनको बाल्यकालको क्लबको उच्च सम्मान, एकेडेमी नै रोनाल्डोको नाममा

Published

on

पोर्चुगिज क्लब स्पोर्टिङ्ग सिपीले आफ्नो पुर्व खेलाडी क्रिष्चियानो रोनाल्डोको सम्मानमा युवा एकेडेमीको नाम अधिकारिक रुपमा बदलेका छन् ।

रोनाल्डोको व्यावसायिक यात्रा २००२ मा होजे अल्भालाडे स्टेडियममा सुरु भएको थियो । उनले स्पोर्टिङ्ग सिपीबाट नै आफूलाई प्रिमेरा लिगामा सबैभन्दा उत्कृष्ट युवा खेलाडी रूपमा स्थापित गरेका थिए । उनले २००२ मा भएको प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडको ध्यानाअकर्षण गर्दै २००३ मा १२ मिलियन पाउन्डमा ओल्ड ट्राफोर्ड भित्रिएका थिए ।

उनले युनाइटेडसँग सबै उपाधि हात पारेका थिए । च्याम्पियन्स लिग, प्रिमियर लिग देखी उनले आफ्नो करिअरमा जितेका पाँच मध्येका पहिलो बालोन डि’ओर पनि युनाइटेडमै हुँदा हात परेका थिए ।

२००९ मा रियल म्याड्रिड पुगेका उनले त्यहा पनि सबै उपाधि जिते । म्याड्रिड बसाइमा चार च्याम्पियन्स लिग जित्नुका साथै क्लबका किर्तिमानी गोलकर्ता बन्दै त्यहा लेजेण्डको दर्जा पाए ।

९ वर्ष स्पेनमा बिताएका उनले दुई सिजन अघि मात्र रियल छोड्दै युभेन्टस तिर लागेका थिए । ३५ वर्षको उमेरमा पनि इटालीमा तहल्का मच्चाइ रहेका रोनाल्डोले सिरी आ मा पनि राम्रो प्रभाव जमाइरहेका छन् ।

स्पोर्टिङ्ग सिपीले पनि उनिहरुले जन्माएको उत्कृष्ट खेलाडीको नाममा आफ्नो एकेडेमीको नाम राखिदिएको हो । स्पोर्टिङ्गले आफ्नो वेबसाइटमा बिज्ञप्ति जारि गर्दै एकेडेमीको नाम ’क्रिष्चियानो रोनाल्डो एकेडेमिया’ राखेको बताएको छ ।

“यो हाम्रो लागि गर्वको कुरा हो कि स्पोर्टिङ्ग क्लब डे पोर्चुगलको एकेडेमीको नाम आज देखी क्रिष्चियानो रोनाल्डो एकेडेमिया रहने छ,” बिज्ञप्तिमा लेखिको छ ।

“हाम्रो क्लबले जन्माएको उत्कृष्ट खेलाडी, पाँच पटकका बालोन डि’ओर बिजेता र पोर्चुगलले युरो कप र नेसन लिग जित्दाको टोलीका कप्तान र पोर्चुगलका उत्कृष्ट खेलाडीको नाममा हामीले एकेडिमीको नाम राखेका छौ ।”

“१९९७ मा १२ वर्षको उमेरमा स्पोर्टिङ्गमा सामेल भएका उनले २००२ मा १७ वर्षको उमेर मै इन्टर मिलान विरुद्ध खेल्दै आफ्नो सिनिअर डेब्यु गरेका थिए । यस एकेडेमीले अहिले सम्म पाएको एक उत्कृष्ट खेलाडीको नाममा नमकरण हुँदा आउने खेलाडीहरुलाई प्रेरणा मिल्ने छ,” बिज्ञप्तिमा भनिएको छ ।

Click to comment

Trending