Headline

म्यानचेस्टर सिटी यो सिजन सबै उपाधी जित्न चाहन्छ: डि ब्रुन

Published

on

मिडफिल्डर केभिन डी ब्रुनले यस सिजन म्यानचेस्टर सिटीले चारवटै ठूला ट्रफिहरू जित्दै आफ्नो श्रेष्ठता पुनः साबित गर्ने बताएका छन् ।

अघिल्लो सिजन सिटी १८ अंक पछाडि पर्दै लिभरपुललाई प्रिमियर लिग सुम्पिन पुगेको थियो भने च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमा फ्रेन्च क्लब लायोनसँग पराजित भएको थियो । लिग कप र एफ ए कपका खेलहरुमा आर्सनलसँग पराजित भएको सिटीले काराबाओ कपको फाइनलमा एस्टन भिल्लालाई हराउदै उपाधि जितेको थियो ।

तर यस सिजन भने बेल्जियन मिडफिल्डर डि ब्रुनले प्रिमियर लिग, च्याम्पियन्स लिग र लिग कपहरु सहित सबै उपाधिमा क्लिन स्विप गर्ने बताएका छन् ।

“जित वा हारले तपाइले लिने प्रेरणामा असर गर्छ भन्ने हुदैन,” डि ब्रुन भन्छन् । “जब नयाँ सिजन शुरू गरिन्छ त्यहाँ नयाँ आकांक्षाहरू हुन्छन् । तपाईलाई सकेसम्म धेरै जित्न मन लाग्छ र हामी पनि यस सिजन सबै उपाधि जित्न चाहन्छौं ।”

“हाम्रो लागि सबै चार उपाधि उत्तिकै महत्वपूर्ण छन् । हामी अहिले यही दिमाग लिएर खेलिरहेका छौं ।सबै उपाधि जित्न धेरै गाह्रो छ तर हामी आउने खेलहरु जति कठिन भए पनि राम्रो प्रदर्शन गर्दै जितका लागि खेल्ने छौ,” डि ब्रुन थप्छन् ।

सिटीले बिहीबार काराबाओ कप अन्तर्गत तेस्रो चरणमा बर्नमाउथको समाना गर्दै छ भने प्रिमियर लिगमा आउने आईतबार लेस्टर सिटीसँग खेल्दै छ ।

Click to comment

Trending