Headline

असन्तुष्टि मिडियामा पोख्ने धम्कीपछि सुवारेजलाई एट्लेटिकोमा बेच्न बार्सा तयार

Published

on

बार्सिलोना आफ्नो उरुग्वेका फर्वार्ड लुईस सुवारेजलाई स्पेनिस ला लिगाको प्रतिद्वन्दी एट्लेटिको म्याड्रिडमा बेच्न सहमत भएको छ ।

अन्य ठूला क्लबमा नजाने शर्तमा प्रशिक्षक रोनाल्ड कोमनको योजनामा नरहेका सुवरेजलाई बेच्नका लागि बार्सिलोना उनलाई प्रि एजेन्टको रुपमा रिलिज गर्न राजी भएको थियो । पासपोर्टको बिषयमा असफल हुँदा युभेन्टस जान असफल भएपछि सुवारेजले एट्लेटिकोसँग कम तलबमा सहमति गरेका थिए ।

तर बार्सिलोना अध्यक्ष जोसेप बार्तोमेउले स्पेनकै अर्का ठूला प्रतिद्वन्दीलाई नबेच्ने भन्दै सम्झौतालाई रोकिदिएका थिए । सुवारेजका प्रतिनीधिहरुसँगको वार्तापछि वार्सा व्यवस्थापन भने उनलाई छोड्न राजी भएको थियो । यस क्रममा सुवारेजले आफ्ना असन्तुष्टिहरु मिडियामा पोख्ने धम्की दिएका थिए ।

बार्तोमेउ मेस्सीले क्लब छोड्ने श्रृंखलामै नराम्ररी मिडियामा बिवादित रुपमा तानिएका थिए । लामो खिचातानीपछि बार्सामै बस्ने निर्णय गरेका मेस्सीले मिडियामा बार्तोमेउ र उनको क्लब चलाउने शैलिबिरुद्ध मिडियामा ठूले अभिव्यक्तिहरु पनि दिएका थिए ।

च्याम्पियन्स लिगमा छनोट भएमा मात्र तलबमा फरक पर्ने शर्तमा एट्लेटिकोले सुवारेजलाई चार मिलिनय युरो भन्दा बढी दिने छैन । एट्लेटिकोमा अब उनले एक बर्षमा बार्सामा पाइरहेको ३० मिलियन युरोभन्दा आधा पाउनेछन् ।

नयाँ सुम्झौताले सुवारेजको बार्सिलोनामा ६ बर्षको यात्रालाई अन्त्य गर्नेछ । अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र ब्राजिलियन नेमारसँगै बिश्वकै घातक फ्रन्ट थ्रिको एक भाग रहेका सुवारेजले बार्साका लागि २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए ।

२०१४ मा लिभरपुलबाट ७४ मिलियन पाउण्डमा आएका सुवारेजले बार्सिलोनाका लागि चार ला लिगा उपाधि, चार कोपा डेल रेसँगै १–१ च्याम्पियन्स लिग र क्लब बिश्वकप जितेका थिए ।

Click to comment

Trending