IPL

स्यामसन र स्मिथको अर्धशतकमा चेन्नाईलाई २१७ रनको विशाल लक्ष्य  

Published

on

कप्तान स्टिभ स्मिथ र सन्जु स्यामसनको अर्धशतक तथा आठौं नम्बरमा ब्याटिङ गर्न आएका जोफ्रा आर्चरले अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (अईपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई २१७ रनको विशाल लक्ष्य दिएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २१६ रन बनायो ।
राजस्थानले सुरुवात भने राम्रो गर्न सकेन । आजको खेलबाट आईपीएलमा डेब्यु गरेका यु१९ टोलीका यशस्वी जैसवाल मात्र छ रन बनाएर आउट भए । जैसवाल दिपक चाहारको बलमा कट एण्ड बोल्ड भए ।
दुई दशमलब दुई ओभरमा टोलीको स्कोर ११ रनको अवस्थाबाट कप्तान स्मिथ र स्यामसनले ११ दशमलब चार ओभरमा दुई विकेटको नोक्सानीमा १३२ रनको अवस्था सम्म पुर्याय । उनीहरुले दोश्रो विकेटका लागि एक सय २१ रन जोड्दै राजस्थानको पारी सम्हाले । ३२ बलको सामना गर्दै नौं छक्का र एक चौकाको मद्धतमा ७४ रन बनाएका स्यामसन लुंगी एनगिदीको शिकार भए ।
स्यामसन आउट भए पनि अर्को छोडबाट राजस्थानको पारी सम्हालेका स्मिथले ४७ बल खेल्दै समान ४-४ चौका र छक्का प्रहार गर्दै ६९ रन बनाए । उनी १९ औं ओभरमा आउट भए ।
त्यस पछि ब्याटिङमा आएका डेभिड मिलरले एक बल पनि खेल्न नपाउँदै रन आउट हुन पुगे भने रबिन उथप्पा पाँच, राहुल टेवाटिया १०, रियान पराग छ रनमा आउट भए भने अविजित रहेका टम कुर्रानले १० रन तथा जोफ्रा आर्चरले आठ बलमा चार छक्काको मद्धतमा २७ रन बनाए । आर्चरले एनगिदीको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे ।
चेन्नाईका साम कुर्रानले चार ओभरमा ३३ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।
 मुम्बई विरुद्धको खेलमा ७१ रन बनाएका अम्बाती रायुडूलाई चेन्नाईले आजको खेलमा समावेस गरेको छैन । उनी पुर्ण फिट नभएका कारण टोलीमा स्थान दिइएको छैन भने उन्सको स्थानमा रुतुराज गायकवाडलाई समावेस गरिएको छ । गायकवाड हालै कोरोनाबाट पुर्ण मुक्त भएका हुन् ।
चेन्नाईको यो दोश्रो खेल हो भने राजस्थान १३ औं संस्करणमा आफ्नो पहिलो खेल खेल्दै छ । पहिलो खेलमा चेन्नाईले मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
दुबै टोलीले आईपीएल २१ खेल खेलेका छन् जसमा चेन्नाईले १४ खेलमा जित हात पारेको छ । सन् २००८ को आईपीएलको पहिलो संस्करणमा राजस्थानले चेन्नाई माथि तीन विकेटको रोमान्चक जित हात पार्दै उपाधि चुमेको थियो ।

Click to comment

Trending