IPL

 चेन्नाईले टस जित्यो, राजस्थानलाई ब्याटिङको निम्तो 

Published

on

इन्डियन प्रिमियर लिग (अईपीएल) अन्तर्गत चौथों खेलमा राजस्थान रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

मुम्बई विरुद्धको खेलमा ७१ रन बनाएका अम्बाती रायुडूलाई चेन्नाईले आजको खेलमा समावेस गरेको छैन । उनी पुर्ण फिट नभएका कारण टोलीमा स्थान दिइएको छैन भने उन्सको स्थानमा रुतुराज गायकवाडलाई समावेस गरिएको छ । गायकवाड हालै कोरोनाबाट पुर्ण मुक्त भएका हुन् ।

चेन्नाईको यो दोश्रो खेल हो भने राजस्थान १३ औं संस्करणमा आफ्नो पहिलो खेल खेल्दै छ । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको चेन्नाई आजको खेलमा जित निकाल्दै लगातार दुई खेल जित्ने दाउमा हुनेछ भने राजस्थान सुखद सुरुवातको आशामा खेल्नेछ ।

आजको खेलमा राजस्थानका कप्तान स्टिभ स्मिथ खेल्ने पक्का भएको छ भने बेन स्टोक्स र जस बटलरको भने कमी टोलीमा पक्कै खड्किने छ । इंग्ल्यान्ड विरुद्धको एकदिवसीय शृंखलाका क्रममा अभ्यासमा टाउकोमा बल लागे पछि स्मिथले अस्ट्रेलियाको लागि खेलेका थिएनन् । यस अघि उनले आजको खेल खेल्ने नखेल्ने भन्ने विषयमा चर्चा चल्दै आएको थियो । बटलर अहिले पनि क्वारेन्टिनमा रहेका छन् भने स्टोक्स आफ्ना बिमारी बाबुलाई भेट्न न्युजिल्यान्डमा रहेका छन् ।

दुबै टोलीले आईपीएल २१ खेल खेलेका छन् जसमा चेन्नाईले १४ खेलमा जित हात पारेको छ ।सन् २००८ को आईपीएलको पहिलो संस्करणमा राजस्थानले चेन्नाई माथि तीन विकेटको रोमान्चक जित हात पार्दै उपाधि चुमेको थियो ।

Click to comment

Trending