Headline

अल्भारो मोराटा दोस्रो पटक युभेन्टसमा

Published

on

एट्लेटिको म्याड्रिडका फर्वार्ड अल्भारो मोराटालाई युभेन्टसले दोस्रो पटक क्लबमा अनुबन्धन गरेको छ ।

अर्जेन्टाइन फर्वार्ड गोन्जालो हिग्वेनको सम्झौता रद्द गरेसँगै नयाँ स्ट्राइकरको खोजीमा रहेको युभेन्टसले मोरटालाई ९ मिलियन युरोको लोनमा एक वर्षका लागि क्लबमा फर्काएको हो । मोराटाको लोन सम्झौतामा एट्लेटिकोले युभेन्टसलाई ४५ मिलियन युरोको खरिद विकल्प पनि दिएको छ ।

रियल म्याड्रिडबाट २०१० देखी २०१४ सम्म खेलेका मोराटा २०१४ देखी २०१६ सम्म युभेन्टसमा लोनमा खेलेका थिए । लोनबाट रियल म्याड्रिड फर्किएका उनलाई चेल्सीले २०१७ मा ७० मिलियन पाउन्डमा खरिद गरेको थियो । चेल्सीमा एक सिजन खेलेका उनलाई फेरी एट्लेटिको म्याड्रिडले लोनमा लगेको थियो ।

२०२० मा मोराटाको सम्झौतालाई स्थायी बनाएको एट्लेटिकोले उनलाई फेरी युभेन्टसमा लोनमा पठाएको हो । २७ वर्षिय फर्वार्डले आफ्नो करिअरमा ७४ गोल मात्र गरेका छन्, जुन एक स्ट्राइकरका लागि निकै काम हो ।

युभेन्टसले बार्सिलोनाका लुइस सुवारेजले इटालियन भाषा परिक्षामा फेल भएपछि नयाँ स्ट्राइकर खोज्नु परेको थियो । मोराटा युभेन्टस आएसँगै सुवारेजको एट्लेटि जाने सम्भावना निकै बलियो देखिएको छ ।

Click to comment

Trending