IPL

लगातार दोश्रो जितको दाउमा चेन्नाई राजस्थानको सामना गर्दै

Published

on

इन्डियन प्रिमियर लिग (अईपीएल) अन्तर्गत आज हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स एक आपसमा खेल्दै छन् । शारजाहमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

चेन्नाईको यो दोश्रो खेल हो भने राजस्थान १३ औं संस्करणमा आफ्नो पहिलो खेल खेल्दै छ । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको चेन्नाई आजको खेलमा जित निकाल्दै लगातार दुई खेल जित्ने दाउमा हुनेछ भने राजस्थान सुखद सुरुवातको आशामा खेल्नेछ ।

आजको खेलमा राजस्थानका कप्तान स्टिभ स्मिथ खेल्ने पक्का भएको छ भने बेन स्टोक्स र जस बटलरको भने कमी टोलीमा पक्कै खड्किने छ । इंग्ल्यान्ड विरुद्धको एकदिवसीय शृंखलाका क्रममा अभ्यासमा टाउकोमा बल लागे पछि स्मिथले अस्ट्रेलियाको लागि खेलेका थिएनन् । यस अघि उनले आजको खेल खेल्ने नखेल्ने भन्ने विषयमा चर्चा चल्दै आएको थियो । बटलर अहिले पनि क्वारेन्टिनमा रहेका छन् भने स्टोक्स आफ्ना बिमारी बाबुलाई भेट्न न्युजिल्यान्डमा रहेका छन् ।

दुबै टोलीले आईपीएल २१ खेल खेलेका छन् जसमा चेन्नाईले १४ खेलमा जित हात पारेको छ ।सन् २००८ को आईपीएलको पहिलो संस्करणमा राजस्थानले चेन्नाई माथि तीन विकेटको रोमान्चक जित हात पार्दै उपाधि चुमेको थियो ।

Click to comment

Trending