Headline

मेस्सिलाई संसारकै उत्कृष्ट भन्दै बार्तोमेउले भने ‘म उनलाई बार्सा छोडेर जान दिन सक्दिन’

Published

on

बार्सिलोनाका अध्यक्ष जोसेप मरिया बार्तोमेउले बार्सिलोनाका कप्तान लियोनल मेस्सीले उनको पदको अलोचना गरे पनि उनलाई मेस्सी विरुद्ध बोल्न कुनै चासो नभएको बताएका छन् ।

गत महिना मेस्सीले आफुले स्पेनिस महारथी बार्सिलोना छोड्न लागेको बताएपछि बिश्व फुटबलमै ठूलो हलचल भएको थियो । उनले आफुलाई फ्री एजेन्टका रुपमा क्लब छोड्न दिन आग्रह गरे पनि उनको सम्झौता अझै एक बर्ष बाँकी भएको भन्दै अध्यक्ष बार्तोमेउ र ला लिगाले मेस्सीलाई रोकेको थियो ।

पछि एक अन्तर्वार्तामा आफुलाई सबै थोक दिएको क्लबलाई कानुनी कठ्घरामा तान्न आफूले नचाहेको बताउदै मेस्सी फेरी बर्सिलोनामै बस्न पुगेका थिए । उनलाई फेरी बर्सिलोनामै राख्न प्रमुख भूमिका खेलेका बार्तोमेउले संसारको सर्वश्रेष्ठ खेलाडीलाई जान दिन मन नमानेको बताएका छन् ।

“अध्यक्षको रुपमा मलाई मेस्सीको बारेमा सार्वजनिक टिप्पणी गर्दै मलाई बिवादमा तानिन मन छैन,” बार्तोमेउ टिभी थ्रीलाई दिएको अन्तर्वार्तामा भने । “मेस्सी हाम्रा कप्तान हुन् र टोलीको मुख्य खेलाडी । उनले जे बाले त्यो समाप्त भइसक्यो ।”

“म विश्वको सर्वश्रेष्ठ खेलाडीलाई जान दिन सक्दिन । टिमलाई उनको आवश्यकता छ, उनले बार्सिलोनालाई सफलताको ग्यारेन्टी दिन्छन्,” बार्तोमेउले भने ।

“हामीले आफैंलाई बधाई दिनु पर्छ कि मेस्सी अझै हाम्रो साथमा छन् । उनी [प्रशिक्षक रोनाल्ड] कोमनको परियोजना को बारे निकै उत्साहित छन् ।आजको दिनमा महत्त्वपूर्ण कुरा यो हो कि उनी अझै बार्सिलोनाका लागि खेल्छन् । हामी उनले बर्सिलोनामै सन्यास लिएको हेर्न चाहन्छौं ।”

अध्यक्षका कारण क्लब छोड्न लागेको बताएका मेस्सीको सम्झौता २०२०/२०२१ सिजनको अन्त्यमा सकिदै छ भने नयाँ अध्यक्षका लागि चुनाव भने मार्चमा हुने छ । यस्तो अवस्थामा मेस्सी बार्सिलोनामै बस्छन कि अर्को बाटो रोज्छन् त्यो भने सिजनको अन्त्यमा थाहा हुने छ ।

बार्तोमेउले मेस्सीलाई क्लब छोड्न वाध्य बनाएका भन्दै समर्थकहरुले २० हजर हस्ताक्षर संकलन गर्दै उनी माथि अविश्वासको मत पेश गरिसकेका छन् ।

तर बार्तोमेउले अहिल्यै कसैले राजीनामा दिने विचार नगरेको बताए ।

Click to comment

Trending