Headline

प्रिमियर लिगको एकै चरणको खेलहरुमा गोलको नयाँ किर्तिमान

Published

on

सोमबार म्यानचेस्टर सिटीका ग्याब्रियल जिजसले उल्भ्सबिरुद्ध ९५ औं मिनेटमा गोल गरेसँगै इङ्गलिस प्रिमियर लिगको एक चरणमा भएका खेलहरुमा गोलको नयाँ किर्तिमान कायम भएको छ ।

शनिबार र आइतबारका संयुक्त आठ खेलहरुमा ३९ गोल हुदा उल्भ्स र एस्टन भिल्लाले पनि गोल गरेपछि पहिलो चरणको समाप्तिमा प्रिमियर लिगमा ४४ गोलको किर्तिमान बनेको छ । जिजसले अन्तिम समयमा गोल गर्दा म्यानचेस्टर सिटीले ३–१ को जित हात पारेको थियो ।

२० टिमको प्रिमियर लिगको शुरुवात भएयता एकै चरणमा सबैभन्दा बढी ४३ गोलको किर्तिमान सन् २०११ फेब्रुवरी ५ र ६ मा कायम भएको थियो । सोमबारको पहिलो खेलमा एस्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई १–० ले हराएको थियो ।

शनिबार एकै दिन २७ गोलहरु भएका थिए जसमध्ये टोटेन्ह्यामले साउथ्याम्प्टन र एभर्टनले वेष्ट ब्रोमविच आल्बियनलाई समान ५–२ गोल अन्तरले हराएको थियो । यस्तै लिड्सले फुलह्यामलाई ४–३ र लेस्टर सिटीले बर्न्लीलाई ४–२ ले पराजित गरेको थियो ।

Click to comment

Trending