Headline

म्यानचेस्टर सिटीले वुल्भ्सलाई हरायो

Published

on

यस प्रिमियर लिग सिजनको पहिलो खेल खेल्दै म्यानचेस्टर सीटीले वुल्भ्सलाई ३-१ ले हराएको छ । सिटीका लागि केविन डि ब्रुना,फिल फोडेन र गाब्रियल जिजसले गोल गरेका थिए भने वुल्भ्सका लागि राउल हिमिनेजले एक गोल गरेका थिए।

खेलमा पहिलो गोल २० औँ मिनेटमा सिटीले पेनाल्टी मार्फत गरेको थियो । सिटीका लागि केवेन डि ब्रुनाले पेनाल्टीमा गोल गर्दै १-० अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा फेरी सिटीले गोल गरेको थियो । फिल फोडेनले सिटीका लागि दोस्रो गोल गरेका थिए ।

पहिलो हाफमा सिटीले २-० को अगर्ता बनाएको थियो ।

दोस्रो हाफमा भने सिटीले गोल खान पुग्यो वुल्भ्सका फर्वार्ड राउल हिमिनेजले ७८ औँ मिनेटमा गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काएका थिए तर ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा सिटीका लागि गाब्रियल जिजसले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाएका थिए ।

यससँगै सिटीले वुल्भ्सलाई एक सिजन पछी हराएको छ । हिजोनै भएको अर्को खेलमा भने एस्टन भिल्लाले सेफिल्डलाई १-० ले हरायो । भिल्लाका लागि एज्री कोन्साले ६३ औँ मिनेटमा गरेको गोल पर्याप्त बन्न पुग्यो ।

प्रिमियर लिगको तेस्रो चरणका खेलहरु शनिबार देखी सुरु हुँदै छन् ।

Click to comment

Trending